काँग्रेस तनहुँको महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिको निर्वाचन प्रक्रिया स्थगित

Devghat Online

शेयर गरौ

दमौली, मंसिर ५

नेपाली काँग्रेस तनहुँले महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिको निर्वाचन सम्बन्धी बाँकी सम्पुर्ण प्रक्रिया स्थगित गरेको छ । काँग्रेस तनहुँका सभापती जितप्रकाश आलेले बुधबार सुचना प्रकाशित गरि निर्वाचन सम्बन्धी सम्पुर्ण प्रक्रिया स्थगित भएको जानकारी दिएका हुन् ।

काँग्रेसको रिक्त महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिकोलागि गत मंसिर ३ गते मनोनयन दर्ता भएको थियो । निर्वाचन प्रक्रियाकोलागि काँग्रेस तनहुँको बैठकले अधिवक्ता फणिन्द्र कोईरालालाई मुख्य निर्वाचन अधिकृत तोकेकोमा कोईरालाले प्राविधिक कारण देखाउँदै निर्वाचन सम्पन्न गराउन आउन नसक्ने जानकारी गराएका थिए ।

मुख्य निर्वाचन अधिकृतले निर्वाचन गराउन नसक्ने जानकारी गराएको र केन्द्रको निर्देशन अनुसार अर्काे मुख्य निर्वाचन अधिकृत नियुक्ती गरि निर्वाचन तालिका प्रकाशित गर्नु पर्ने र उम्मेदबारहरु विच सहमती पनि जुटाउनु पर्ने भएको हुँदा अर्काे सुचना प्रकाशित नभएसम्म हाललाई निर्वाचन सम्बन्धी सम्पुर्ण प्रक्रिया स्थगित गरिएको सुचनामा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर