भरतपुर, मंसिर ६
चितवनको देवघाट क्षेत्रमा सरसफाई गरिएको छ । ‘पवित्र तिर्थस्थल देवघाटधाम स्वच्छ सफा हराभरा हाम्रो अभियान’ भन्ने मूलनारा सहित बुधबार बिहान देवघाट क्षेत्र विकास समितिको आयोजनामा देवघाट क्षेत्रमा व्यापक सरसफाई गरिएको हो ।



उक्त सरसफाई कार्यक्रमको भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालको पनि सहभागिता रहेको थियो ।

उक्त सरसफाइ कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल, समितिका पदाधिकारी, कर्मचारी, समितिका विभिन्न समिति उपसमितिका संयोजकहरु, देवघाट सामुदायिक सेवा केन्द्र एवं प्रहरी सेवा केन्द्रका अध्यक्ष होम बहादुर भारती, जलदेवी सामुदायिक बन उपभोक्ता समितिका पदाधिकारी, प्रहरी तालिम केन्द्र परिवार, शशस्त्र प्रहरी, नेपाल प्रहरी कर्मचारी, नगर प्रहरी, देवघाट बसपार्क व्यवस्थापन समिति, महानगरपालिकाका सफाइ कर्मचारी लगायत स्थानीय वासिन्दाहरुको सहभागिता रहेको थियो ।

बिहिवार हिन्दुहरुको महान चाड हरिबोधनी एकादशी परेको तथा आगामी शनिबार सन्त महात्माहरुको उपस्थितिमा देवघाटधाम गन्डकी परिक्रमा महोत्सव आयोजना गरिएको हुँदा देवघाट क्षेत्रमा सरसफाइ गरिएको हो । मंगलबार तनहुँ तर्फको भागमा सरसफाइ गरिएको थियो ।

तस्बिर : सामुदायिक रेडियो देवघाट १०२.६ मेगाहर्ज












