गण्डकी प्रदेशको तीन महिनाको मानवअधिकारको अवस्था सार्वजनिक

Devghat Online

शेयर गरौ

पोखरा, मंसिर ६

 अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, पोखराद्वारा गत तीन महिनाको मानवअधिकारको अवस्था सार्वजनिक गर्दै तेस्रो स्थिति सूचक प्रकाशित गरेको छ ।

गण्डकी प्रदेशको मानवअधिकारको अवस्थाका बारमा जानकारी गराउने उद्देश्यले गण्डकी प्रदेशका जिल्लाहरुबाट जुलाई २०२३ देखि सेम्टेम्बर २०२३ को अवधिमा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको तथ्याङ्कसहित त्रैमासिक अवस्थाको विश्लेषण गरी स्थिति सूचक प्रकाशन गरिएको हो ।

तीन महिनाको अवधि सम्ममा गण्डकी प्रदेशमा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा अन्यपक्षबाट १ सय १८ जना पीडित भएका छन् । भने आर्थिक, सामाजिक तथा सास्कृतिक अधिकार अन्तरगत मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल तनहुँ जिल्ला समितिले एमसीसी परियोजनाको नाममा रहेको जग्गा कब्जा गरेको एउटा घटना अभिलेख छ ।

अभिलेखित घटना अनुसार अन्यपक्षबाट नौ पुरुष र १ सय ९ जना महिला गरी १ सय १८ जना पीडित भए । त्यस्तै तीन जना महिला र दुई जना पुरुष गरी पाँच जनाको हत्या भयो । यस अवधिमा सबैभन्दा बढी महिलाविरूद्ध हुने हिंसाका घटनामा ८९ जना महिला पीडित भए । अन्यपक्षबाट कुटपिटका घटनामा दुई जना महिला र चार जना पुरुष पीडित भए । कुटपिट हुनेमा चिकित्सकहरु पनि पीडित भएको यस त्रैमासिकमा अभिलेख गरिएको छ । अन्यपक्षबाट घाइतेमा एक जना पुरुष पीडित भए ।

अन्य पक्षबाटबाटै एक जना पुरुष अमानविय व्यवहारबाट पीडित भएका छन् । जातिय विभेदको घटनामा एक जना पुरुष पीडित भए । इन्सेकको अभिलेख अनुसार सन् २०२३ को तेस्रो त्रैमासिकको अवधिमा गण्डकी प्रदेशमा बालबालिकाविरूद्ध भएका हिंसाका घटनामा १५ जना बालिका पीडित भए । यस अवधिमा विधालयमा दिइएको दण्ड सजायबाट एक जना बालिक पीडित भएकी छन् । अभिलेखित घटना अनुसार यो अवधिमा बलात्कार घटनाबाट १० जना बालिका र यौन दुर्व्यवहार घटनाबाट चार जना बालिका पीडित भएका छन् ।

महिला अधिकार अन्र्तगत यस अवधिमा गण्डकी प्रदेशमा महिला हिंसा तथा दुव्र्यवहारका घटनामा ८९ जना पीडित भए । अभिलेखित घटना अनुसार यो अवधिमा बलात्कार घटनामा १४, बलात्कार प्रयास घटनामा दुई र यौन दुर्व्यवहारबाट दुई जना पीडित भए । त्यसैगरी घरेलु हिंसाबाट ६९ जना र बहुविवाहको घटनामा एक जना महिला पीडित भए । साथै बोक्सीको आरोपमा एक जना महिला पीडित भएको अभिलेख गरिएको छ । महिलाविरूद्धको हिंसामा घरेलु तथा पारिवारिक हिंसा प्रमुख छन् । घरपरिवारसँगै नजिकका आफन्त तथा चिनजानका व्यक्तिबाट महिला तथा बालबालिकाको हत्या, बलात्कार, बलात्कार प्रयास जस्ता घटना भएको इन्सेकमा अभिलेख छ ।

यस अवधिमा मानव अधिकारको सवालमा चिकित्सा जस्तो महान पेशामा कार्यरत चिकित्सकहरु माथि निरन्तर भएका कुटपिटका घटनाहरु तथा अस्पतामा भएका तोडफोडका घटनाहरुले मानव अधिकारको मात्र नभई समग्र मानवताकै उपहास तथा उल्लङ्घन गरेको छ । आपराधिक घटनाहरुमा भएका दण्डहीनताका कारण पनि यस्ता घटनाहरु निरन्तर दोहोरिने गरेको अनुमान गर्न सकिन्छ । यस अवधिमा अघिल्लो तीन महिनामा जस्तै बाल अधिकारको विषयमा अझैपनि विधालयहरुमा विभिन्न बहानामा दण्ड सजाय दिइने तथा विधालयका प्रधानाध्यापक तथा शिक्षकहरुबाटै बालिकाहरु यौन दुर्व्यवहारबाट पीडित भएका छन् । यस्ता घटनाहरु मिलाउन जनप्रतिनिधिहरुको रहोबरमा बैठकहरु समेत बसेको पाइएको छ ।

यस्ता मानव अधिकार उल्लङ्घनका घटनाहरुका विषयमा इन्सेकले पटक पटक सरोकारवाला निकायको ध्यानाकर्षण गराउने काम गरिराखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एमालेको हीरक महोत्सव आजः प्रचण्ड र देउवा विशेष वक्ता, माधवलाई पनि निम्तो, पुर्व राष्ट्रपती भन्डारीलाई गणतन्त्र गौरबले सम्मान गर्ने

काठमाडौं, बैशाख १० नेकपा एमालेले आज नेकपा स्थापना दिवसको अवसरमा हीरक महोत्सव मनाउँदैछ । नेकपा

कालिगन्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन बारे सर्वाेच्चको फैसलाको व्याख्या हुनुपर्नेः देवघाट गाउँपालिका अध्यक्ष थापा

‘नदीको पानी हेरेर मात्र बस्ने भयौं, उपभोग गर्न पाईएन’ देवघाट, बैशाख १० कालीगन्डकी नदीबाट ढुङ्गा,

कालिगन्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन बारे सर्वाेच्चको फैसलाको व्याख्या हुनुपर्नेः देवघाट गाउँपालिका अध्यक्ष थापा

‘नदीको पानी हेरेर मात्र बस्ने भयौं, उपभोग गर्न पाईएन’ देवघाट, बैशाख १० कालीगन्डकी नदीबाट ढुङ्गा,

देवघाटमा चोरीको बिगबिगी: कल्पवासीको कुटी फोरी २ लाख ५० हजार नगद र ३ तोला सुन चोरी

देवघाट, बैशाख ९ देवघाट गाउँपालिकामा पछिल्लो दिनमा मोटरसाईकल चोरी हुनुलाई सामान्य रुपमा लिन थालिएको छ

ओझेलमा परेको सीता गुफा

रामायणमा सीता मातालाई उनका पति अयोध्याका राजा श्रीरामले अग्निपरिक्षा लिन आदेश दिएपछि, त्यो अपमान सहन