घुमाउनेको पुल निर्माणमा भईरहेको ढिलाई प्रति सांसद श्रेष्ठको चासो

Devghat Online

शेयर गरौ

भरतपुर, मंसिर १४

प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले बुद्धसिंह मार्गमा पर्ने घुमाउनेको पुल निर्माणमा भईरहेको ढिलाई प्रति चासो देखाएका छन् । उक्त पुलको निर्माण कम्पनी मृत सन्जिवनी कन्ट्रक्सनका सन्चालक सुभास उप्रेतीलाई विहिबार टेलिफोन गरि सांसद श्रेष्ठले उक्त पुलको निर्माणमा भईरहेको ढिलाई प्रति चासो देखाउँदै यथाशिघ्र पुलको निर्माण सम्पन्न गरिसक्न निर्माण कम्पनीको ध्यानाकर्षण गराएका थिए ।

पुल निर्माणमा ढिलाई हुँदा तनहुँ र यस क्षेत्रका जनताले निकै दुख पाएको भन्दै सांसद श्रेष्ठले अहिले आफु विविध कारणले बाराबाट सांसद निर्वाचित भएपनि तनहुँको विकास निर्माणमा आफ्नो सँधै चासो भईरहने बताए ।

पुल निर्माणको क्रममा केही समस्या भए आफुलाई जानकारी गराउन भन्दै सांसद श्रेष्ठले पुल निर्माणको लागि सबै खाले सहजिकरणकोलागि आफुले सहयोग गर्ने बताए । ‘मन्त्रीलाई भन्न परेपनि भन्छु’ सांसद श्रेष्ठले भने ‘तर जसरी भएपनि पुलको काम सम्पन्न हुनु प¥यो ।’

निर्माण कम्पनीका प्रतिनिधि सुभास उप्रेतीले दशै पछि उक्त पुल निर्माणको काम सुरु भएको भन्दै अव निरन्तर काम गरि जतिसक्दो चाँडो काम सक्ने प्रतिबद्धता जनाएका थिए । घुमाउनेको उक्त पुल विगत नौ वर्षदेखी अपलत्र बनेको छ । पुल निर्माण नहुँदा बुद्धसिंह मार्गबाट यात्रा गर्न असहज हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरका विभिन्न योजनामा बजेट माग्दै अध्यक्षको टोली मन्त्रालयमा

तनहुँ । चैत १३ बन्दीपुर गाउँपालिकाका विभिन्न योजनामा बजेट माग्दै गाउँपालिकाका अध्यक्षको टोली काठमाडौंका विभिन्न

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक