घुमाउनेको पुल निर्माणमा भईरहेको ढिलाई प्रति सांसद श्रेष्ठको चासो

Devghat Online

शेयर गरौ

भरतपुर, मंसिर १४

प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले बुद्धसिंह मार्गमा पर्ने घुमाउनेको पुल निर्माणमा भईरहेको ढिलाई प्रति चासो देखाएका छन् । उक्त पुलको निर्माण कम्पनी मृत सन्जिवनी कन्ट्रक्सनका सन्चालक सुभास उप्रेतीलाई विहिबार टेलिफोन गरि सांसद श्रेष्ठले उक्त पुलको निर्माणमा भईरहेको ढिलाई प्रति चासो देखाउँदै यथाशिघ्र पुलको निर्माण सम्पन्न गरिसक्न निर्माण कम्पनीको ध्यानाकर्षण गराएका थिए ।

पुल निर्माणमा ढिलाई हुँदा तनहुँ र यस क्षेत्रका जनताले निकै दुख पाएको भन्दै सांसद श्रेष्ठले अहिले आफु विविध कारणले बाराबाट सांसद निर्वाचित भएपनि तनहुँको विकास निर्माणमा आफ्नो सँधै चासो भईरहने बताए ।

पुल निर्माणको क्रममा केही समस्या भए आफुलाई जानकारी गराउन भन्दै सांसद श्रेष्ठले पुल निर्माणको लागि सबै खाले सहजिकरणकोलागि आफुले सहयोग गर्ने बताए । ‘मन्त्रीलाई भन्न परेपनि भन्छु’ सांसद श्रेष्ठले भने ‘तर जसरी भएपनि पुलको काम सम्पन्न हुनु प¥यो ।’

निर्माण कम्पनीका प्रतिनिधि सुभास उप्रेतीले दशै पछि उक्त पुल निर्माणको काम सुरु भएको भन्दै अव निरन्तर काम गरि जतिसक्दो चाँडो काम सक्ने प्रतिबद्धता जनाएका थिए । घुमाउनेको उक्त पुल विगत नौ वर्षदेखी अपलत्र बनेको छ । पुल निर्माण नहुँदा बुद्धसिंह मार्गबाट यात्रा गर्न असहज हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक