आयोजना प्रभावित घर परिवारलाई बाख्रा पालन तालिम

Devghat Online

शेयर गरौ

दमौली, मंसिर १४

तनहुँ जलविद्युत आयोजनाले आयोजनाबाट प्रभावित घरपरिवारलाई व्यवसायिक बाख्रा पालन तालिम दिएको छ । आयोजना प्रभावितको जीविकोपार्जन पुनस्र्थापना कार्यक्रम अन्तर्गत व्यास नगरपालिका–५ बेतेनी क्षेत्रका आयोजना प्रभावितहरुलाई तीन दिने व्यवसायिक बाख्रापालन सम्बन्धी तालिम दिइएको हो ।

आयोजना प्रभावितहरुको स्वःरोजगार तथा आयआर्जन बृद्धि गर्ने उद्देश्यले दिइएको तालिममा २३ जनाको सहभागिता थियो । बिउको रुपमा समूहलाई २ वटा बोका र २.५ के.जी. घाँसको बिउ उपलब्ध गराइएको थियो ।

तालिमको समापन कार्यक्रममा बोल्दै आयोजनाका प्रबन्ध निर्देशक किरण कुमार श्रेष्ठले तनहुँ जलविद्युत आयोजनाबाट प्रभावितहरुको जिविकोपार्जन तथा आयआर्जनमा बृद्धि गर्ने उद्देश्यले तालिम दिईएको बताए । सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल तथा आयोजनाका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त