आयोजना प्रभावित घर परिवारलाई बाख्रा पालन तालिम

Devghat Online

शेयर गरौ

दमौली, मंसिर १४

तनहुँ जलविद्युत आयोजनाले आयोजनाबाट प्रभावित घरपरिवारलाई व्यवसायिक बाख्रा पालन तालिम दिएको छ । आयोजना प्रभावितको जीविकोपार्जन पुनस्र्थापना कार्यक्रम अन्तर्गत व्यास नगरपालिका–५ बेतेनी क्षेत्रका आयोजना प्रभावितहरुलाई तीन दिने व्यवसायिक बाख्रापालन सम्बन्धी तालिम दिइएको हो ।

आयोजना प्रभावितहरुको स्वःरोजगार तथा आयआर्जन बृद्धि गर्ने उद्देश्यले दिइएको तालिममा २३ जनाको सहभागिता थियो । बिउको रुपमा समूहलाई २ वटा बोका र २.५ के.जी. घाँसको बिउ उपलब्ध गराइएको थियो ।

तालिमको समापन कार्यक्रममा बोल्दै आयोजनाका प्रबन्ध निर्देशक किरण कुमार श्रेष्ठले तनहुँ जलविद्युत आयोजनाबाट प्रभावितहरुको जिविकोपार्जन तथा आयआर्जनमा बृद्धि गर्ने उद्देश्यले तालिम दिईएको बताए । सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल तथा आयोजनाका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक