देवघाटको कालिगन्डकीमा डुबेका बृद्धको सकुशल उद्धार

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर १५

तनहुँको देवघाट गाउँपालिका-५ स्थित वेणी संगमको कालीगण्डकी नदिमा डुबेका एक बृद्धको सकुशल उद्धार गरिएको छ ।

शुक्रबार बिहान नुहाउने क्रममा डुबेका ८८ बर्षिय यज्ञबहादुर भन्डारीलाई स्थानीय बोटे समुदायका व्यक्तिहरुले उद्धार गरेका थिए ।

कालिगन्डकी र त्रिशूलीको संगम बेणीमा नुहाउने क्रममा भन्डारीलाई नदिले बगाएपछि तत्कालै उद्धार गरिएको देवघाट क्षेत्र विकास समितिका डुंगा चालक रमेश बोटे लगायतले उद्धार गरेको इलाका प्रहरी कार्यालय देवघाटले जानकारी दिएको छ ।

नेपालगन्ज घर भएका भण्डारीको देवघाट धर्मार्थ अस्पतालमा उपचार गरि हाल गलेश्वर आश्रममा राखिएको इप्रका देवघाटका प्रमुख कृष्णबहादुर बानियाँले जानकारी दिए । उनको अवस्था हाल सामान्य रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय