तनहुँमा डेंगुको कारण एक बालकको मृत्यु

Devghat Online

शेयर गरौ

दमौली, मंसिर १५

तनहुँमा डेंगुको सङ्क्रमणबाट थप एक बालकको मृत्यु भएको छ । व्यास नगरपालिका-१ ठुलो गाउँ निवासी १३ वर्षीय बालक इरन थापाको मृत्यु भएको हो ।

व्यास नगरपालिका–१ स्थित इन्द्रेणी स्काई बोडिङ स्कुलमा अध्ययनरत बालकको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा बुधवार मृत्यु भएको हो ।

दमौली अस्पतालमा परीक्षणको क्रममा डेंगु सङ्क्रमण पुष्टि भएको र उक्त अस्पतालमा निको नभएपछि गण्डकी अस्पतालमा लगिएकोमा उपचारको क्रममा निधन भएको स्कुलका प्रिन्सिपल जयराम अधिकारीले जानकारी दिए ।
तनहुँका डेंगुको सङ्क्रमणले गर्दा हालसम्म सात जनाको मृत्यु भइसकेको छ ।

तनहुँको दश पालिकामा गरी हाल सम्ममा सात हजार १६६ जनालाई डेंगुको सङ्क्रमण भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिएका छन् । अधिकारीका अनुसार सबैभन्दा बढी व्यास नगरपालिकामा पाँच हजार आठ सय २२ सङ्क्रमण भएको छ ।  अन्य नौ पालिकामा एक हजार तीन सय ४४ सङ्क्रमित छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक