एमालेले सुन्दरबजारमा गर्ने जनसभामा तनहुँबाट पाँच हजारको उपस्थिती गराउने

Devghat Online

शेयर गरौ

दमौली, मंसिर १६

नेकपा एमालेले लमजुङको सुन्दरबजारमा गर्ने जनसभामा तनहुँबाट पाँच हजार जना कार्यकर्ता र सुभेच्छुकहरुको सहभागिता गराउने भएको छ । एमालेले मध्यपाहाडी लोकमार्गमा गरिरहेको बैतडीको झुलाघाटदेखी पाँचथरको चिवाभन्ज्याङ सम्मको संकल्प यात्रा अन्तर्गत मध्यपाहाडी लोकमार्गमा पर्ने लमजुङको सुन्दरबजारमा मंसिर २२ गते हुने जनसभामा एमाले तनहुँले पाँच हजार भन्दा बढि कार्यकर्ता सहभागिता गराउने भएको हो । उक्त जनसभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

एमाले तनहुँको गत विहिबार बसेको सचिवालय बैठकले सुन्दरबजारमा हुने जनसभामा धेरै भन्दा धेरै जनसहभागिता गराउने र त्यसकोलागि १० वटै स्थानीय तह कमिटिहरु परिचालन गर्ने निर्णय गरेको थियो । एमालेले जनसभामा उपस्थित गराउन पालिका तोकेरै जनसहभागिताको संख्या निर्धारण गरेको छ । निर्धारित जनसहभागिता जुटाउन केन्द्रीय सदस्यदेखी प्रदेश कमिटि, जिल्ला कमिटि र पालिका कमिटिका सदस्यहरुलाई जिम्मेबारी तोकिएको एमाले तनहुँका सचिव राजेश्वर ढकालले बताए ।

त्यसकोलागि १० वटै पालीका कमिटिका बैठकहरु आयोजना गर्ने निर्णय पनि एमालेले गरेको छ । जसअनुसार क्षेत्र नम्बर १ को व्यास, भानु बन्दिपुर, आवुँ र देवघाटको पालिका कमिटिको बैठक शनिबार आयोजना गरिएको छ । सो जनसभामा तनहुँको मौलिक सांस्कृतिक झाँकीहरु पनि प्रस्तुत गरिनेछ ।

सुन्दरबजारमा हुने जनसभामा तनहुँको महत्वपुर्ण उत्पादनहरु सुन्तला, मास, पिडालु र अदुवालाई प्रबद्र्धन गर्न लमजुङ जिल्ला कमिटिलाई प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।

एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको उक्त सचिवालय बैठकमा पोलिट्व्युरो सदस्यहरु टुकराज सिग्देल र लिलबहादुर थापा, केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज तिलक महत, केन्द्रीय सदस्य भगवती न्यौपाने, गन्डकी प्रदेश कमिटिका सचिव धनन्जय धवाडी लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय