भानु, मंसिर १६
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा भानु महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि भानु नपा–२ फुस्रेटारको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम शनिबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा सहकारीका बाल बचत सदस्यहरुलाई लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण दिईएको थियो ।
सहकारी संस्थाकी अध्यक्ष खिम माया गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामेले लैङ्गिक हिंसाको विरुद्धमा सबै जनाको सहकार्य र समन्वय आवश्यक भएको बताईन् ।
सो कार्उक्रममा इलाका प्रहरि कार्यलय भानुका प्रहरी नायव निरिक्षक झनक बहादुर महत, प्रहरी सहायक निरिक्षक सक्षम लामिछानेले लैङ्गिक हिंसा विरुद्धको कानुनी प्रक्रियाको बारेमा सहजिकरण गरेका थिए ।