एकै परिवारका चार जना सवार मोटरसाईकललाई ट्रकले ठक्कर दिँदा महिलाको मृत्यु

Devghat Online

शेयर गरौ

दमौली, मंसिर १६

तनहुँमा एकै परिवारका चार जना सवार मोटरसाईकललाई ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तिन जना घाइते भएका छन् । मृत्यु हुनेमा भिमाद नगरपालिका–९ थामडाँडा की २६ बर्षिया शुकमाया विक रहेकी छिन् । सो दुर्घटनामा शुकमायाका पति ३४ बर्षिय रामचन्द्र विक र उनका ६ र ३ बर्षिय छोराहरु क्रमशः गुराँस विक र सुमन विक रहेका छन् ।

शनिबार साँझ म्याग्दे गाउँपालिका ६ मौरीबजार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा दमौली तर्फबाट पोखरा तर्फ जादै गरेको ग १७ प ६५९७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जादैँ गरेको बा.प्र.०१–००६ ख २८६१ नं. को ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएकी सुकमायाको उपचारको क्रममा जिपी कोईराला स्वास प्रश्वास केन्द्र बेलचौतारामा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तिन घाईतेहरुको सोही अस्पतालमा उपचार भईरहेको छ । ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय