मृत भेटिएका मानिस सनाखत गर्न चितवन प्रहरीको अनुरोध

Devghat Online

शेयर गरौ

भरतपुर, मंसिर १७

गत मंसिर ६ गते भरतपुर महानगरपालिका–१२ मिलनचोक स्थित पूर्व पश्चिम लोकमार्गको गोन्द्राङ–केन्द्रीय बस टर्मिनल (बसपार्क) सडक खण्डको केरुङगा खोलाको कल्भर्ट मुनी जुटको बोरा भित्र मृत अवस्थामा भेटिएका अन्दाजी २४÷२५ वर्षको ५ फिट ७ ईन्च उचाई भएको पुरुष र अन्दाजी ३०÷३१ बर्षकी ५ फिट ३ ईन्च उचाई भएकी महिलाको शव सनाखत गर्न जिल्ला प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ ।

उक्त दुबै शव सडेगलेको अवस्थामा फेला परेको घटना सम्बन्धमा ७७ वटै जिल्ला प्रहरी कार्यालय लगायत सिमावर्ती भारतिय इलाकाहरुमा समेत हुलिया परिपत्र गर्दा हाल सम्म मृतकहरुको सनाखत तथा पहिचान हुन नसकेको हुँदा मृतकहरुको अनुहार प्रष्ट्याउने किसिमको बिशेषज्ञद्वारा तयार पारीएको स्केच, मृतकहरुको हुलिया, शरीरमा भेटिएका चिजबस्तु, चिन्ह तथा कपडाहरुको बिवरण सहितको फोटो प्रहरीले सार्वजानिक गरेको छ ।

उक्त तश्विरबाट शवको सनाखत हुन सक्ने भएकोले कोहि कसैको परिवारका सदस्य, आफन्तजन तथा साथीसँगी हराईरहेको भएमा वा कोहि कसैको घर कोठामा डेरा गरी बस्ने मानिसहरु सम्पर्कमा नआएको भएमा जिल्ला प्रहरी कार्यालय चितवनमा सम्पर्क राख्नुहुन सर्वसाधरणमा अनुरोध गरिएको छ ।

यस्तै कुनै उद्योग, कल–कारखाना, कम्पनी, पसल, कार्यालय लगायतमा काम गर्ने मानिस÷कामदार सम्पर्कमा नआएको भएमा, सँगै काम गर्ने साथीसँगीहरु सम्पर्कमा नआएको भएमा वा यस घटना सम्बन्धमा कोही कसैलाई केहि जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय चितवन (प्रहरी नियन्त्रण कक्ष १००÷९८५५०९०१३३÷९८५५०९०४२२) मा जानकारी गराई, यो पोष्ट समेत सेयर गरी अनुसन्धान कार्यमा सहयोग गरिदिनहुन चितवन प्रहरीलेमा सबैमा अनुरोध गरेको छ ।

प्रहरीका अनुसार पुरुषको शरिरमा रहेका चिजवस्तु तथा चिन्हहरु वर्ण स्याम्लो, मझौला शरीर, उचाई ५ फिट ७ ईन्च, ठुलो निधार भएको, दाहिने हातमा रातो पहेलो पुजाको डोरा बाँधेको, सुपर ड्राई लेखिएको निलो रंगको कट्टु लगाएको, डुरो ८० डबल लेखिएको कलेजी रंगको पेन्टी लगाएको, तथा सेतो रंगको सेन्डो लगाएको छ ।

त्यसैगरि महिलाको शरिरमा रहेका चिजवस्तु तथा चिन्हहरुमा बर्ण स्याम्लो, मझौला शरीर, उचाई ५ फिट ३ ईन्च भएको, हात खुट्टामा गुलावी रंगको नेल पोलिस लगाएको, बाँया खुट्टामा कालो रंगको डोरा र दाहिने हातमा रातो पहेलो रंगको पुजाको डोरा बाँधेको, साईज एल लेखिएको प्याजी रङ्गको लेगिन्ज (सुरुवाल) लगाएको, रातो र पहेलो रङ्ग मिसिएको सल, रातो कलेजी रंगको पेन्टी लगाएको, माला (रातो डोरा सहित ) थान १ (एकापट्टि दुर्गा माता र अर्कोपट्टि मन्दिर जस्तो देखिने फोटो भएको), कानमा झुम्का लगाएको, बाँया हातम एस स्पष्ट लेखिएको त्यसपछिको अक्षर ए एम जस्तो देखिने (अस्पष्ट ) अक्षर र चित्र आकार भएको ट्याटु रहेको, ब्रा सेतो बुट्टा भएको पहेंलो रंगको थान तथा टप्स ढाकाको जस्तो बुट्टा भएको छिर्केमिर्के रंगको थान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त