देवघाट, मंसिर १७
देवघाट गाउँपालिका वडा नम्बर ५ की पार्वती गुरुङ्गले काठमाडौंमा भएको सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन् ।
देवघाट–५ स्थित गैडाँढुंगा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नर बहादुर गुरुङको छोरी पार्वती गुरुङले ४५ केजी समुह मुनी भएको महिला प्रतियोगितामा अन्तिम चरणमा बंगलादेशकी खेलाडी अर्पा सलिहालाई हराउदैँ स्वर्ण पदक जितेकी हुन् ।
उक्त प्रतियोगिताको पहिलो दिन शनिबार पार्वती सहित नेपालका १२ जना खेलाडीले स्वर्ण पदक जितेका थिए ।