देवघाटमा जेष्ठ नागरिकको मधुमेह परिक्षण

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर २०

देवघाट गाउँपालिका वडा नम्बर ५ का ६० बर्ष माथिका जेष्ठ नागरिकको निशुल्क मधुमेह (सुगर) परिक्षण गरिएको छ । गाउँघर क्लिनिक कार्यक्रम अन्तर्गत वडा कार्यालयको आयोजनामा वडा भित्रका ६० वर्ष भन्दा माथिका उमेरका ज्येष्ठ नागरिकहरुका लागि निशुल्क मधुमेह (सुगर) परिक्षण कार्यक्रम सुरु गरिएको वडा अध्यक्ष पुर्णबहादुर कुँवरले बताए ।

देवघाट गाउँपालिका धर्मार्थ अस्पताल एवं स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी हरुले वडा नम्बर ५ का विभिन्न टोल टोलमा पुगी जेष्ठ नागरिकको मधुमेह परिक्षण गर्नेछन् । पहिलो दिन बुधबार बुद्धचोक ३१ ज्ना ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको थियो ।

स्वास्थ्यकर्मीहरुले आगामी मंसिर २५ गते सम्म विभिन्न टोलमा पुगेर सुगर परिक्षण गर्ने वडा अध्यक्ष कुंवरले जानकारी दिए । जसअनुसार मंसिर २१ गते कालिमाटी, मंसिर २२ गते पिपलटार, मंसिर २३ गते सेतीभतेरी, मंसिर २४ गते साँढेबगर र मंसिर २५ गते साउनेमा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिनेछ ।

बाँकी अन्य टोलहरुमा चाँडै नै समय तालिका सार्वजानिक गरि स्वास्थ्य परिक्षण कार्यक्रम सन्चालन गरिने वडा अध्यक्ष कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को