एमालेको संकल्प यात्राको टोली गन्डकी प्रवेश

Devghat Online

शेयर गरौ

पोखरा, मंसिर २०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको संकल्प यात्राको टोली गण्डकी प्रदेश प्रवेश गरेको छ ।

मध्यपाहाडी पुष्पलाल लोकमार्गमा समृद्धिको लागि संकल्प यात्रा–२०८० सञ्चालन गरेको नेकपा एमालेको केन्द्रीय टोलीलाई नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, एमाले सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्ट, नेकपा एमाले बागलुङका जिल्ला अध्यक्ष हिराबहादुर केसी सहित नेकपा एमाले गण्डकी प्रदेश र बागलुङ जिल्लाका नेता कार्यकर्ताले बाजागाजा सहित भव्य स्वागत गरे ।

‘समृद्धिका लागि सङ्कल्पयात्रा’ बागलुङमा दुई दिनसम्म सञ्चालन हुने भएको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भोलिसम्म विभिन्न पालिकामा जनसभा र भेटघाटका कार्यक्रम गरिने एमाले बागलुङ जिल्ला कमिटीले जनाएको छ । विहिबार नै पर्वतको कुश्मामा जनसभा गरि टोली विहिबार साँझ पोखरामा बास बस्नेछ ।

शुक्रबार भने लमजुङको सुन्दरबजारमा जनसभा गरि संकल्प यात्रा गोरखा बजारमा बास बस्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दा अनियमितता भएको ठहर

देवघाट, जेठ ३१ देवघाट गाउँपालिकामा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दा अनियमिता भएको महालेखा परिक्षण

राष्ट्रिय परिचयपत्र दर्तामा भिड गर्नु पर्दैन, ‘भाद्र मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नविकरण गर्न सकिने’

दमौली, जेठ ३० गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागले भदौ मसान्तसम्म सामाजिक सुरक्षा