चितवनमा रहेको दियालो बंगला सर्वसाधारणको लागि खुलाउने निर्णय

Devghat Online

शेयर गरौ

भरतपुर, मंसिर २०

भरतपुर महानगरपालिका १ आँपटारीमा रहेको दियालो बंगला सर्वसाधारणले अवलोकन गर्न पाउने गरि खुला हुने भएको छ ।

नेपाल ट्रष्टको बुधबार भएको ७८ औँ सञ्चालक समितिको बैठकले दियालो बंगला खुला गर्ने निर्णय गरेको हो । ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा महेन्द्रले निर्माण गरेका हुन् ।

नेपाल ट्रष्टका सञ्चालक समिति सदस्य देवीचन्द्र उपाध्यायले बंगलाको रंगरोगन तथा मर्मत गर्नुपर्ने ठाउँहरु मर्मत सकेर सर्वसाधारणले अवलोकन गर्न पाउने गरि खुलाउन लागिएको नेपाल प्रेसलाई जानकारी दिए ।

सदस्य उपाध्यायका अनुसार भरतपुर भ्रमणवर्ष २०२४ लाई लक्षित गरि दियालो बंगला खुलाउने निर्णय गरिएको हो । भरतपुर महानगरले यहि जनवरीदेखि भरतपुर भ्रमण वर्ष सञ्चालन गर्न लागेको छ ।

उनले चितवनको भरतपुर महानगरपालिका भित्र पर्ने भएकोले दियालो बंगलाको व्यवस्थापन भरतपुर महानगरपालिका र नेपाल ट्रष्ट दुबैले गर्नेगरि खुलाउन लागिएको बताए ।

सदस्य उपाध्यायले भने– आम्दानीको ५० प्रतिशत नेपाल ट्रष्ट र ५० प्रतिशत भरतपुर महानगरलाई हुने गरि सञ्चालन तयारी गरिएको छ । यद्यपि प्रक्रिया पुरा गरि सञ्चालनमा आउन अझै दुई महिनाजति लाग्छ ।

तत्कालीन राजा महेन्द्रको निधन भएको दियालो बंगला ३५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । तत्कालीन राजपरिवार यही दरबारमा आएर बस्ने, नारायणी नदी किनार क्षेत्रमा घुम्ने गर्दथे । अहिले यस दरबार क्षेत्रमा नेपाल ट्रष्टका केही कर्मचारी व्यवस्थापनका लागि छन् भने सुरक्षा तथा संरक्षणको लागि नेपाली सेना तैनाथ छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण