एमालेको मध्यपहाडी संकल्प यात्रा आज पर्वत हुँदै कास्की आइपुग्ने

Devghat Online

शेयर गरौ

पोखरा, मंसिर २१

नेकपा (एमाले)को मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को टोली आज पर्वत हुँदै कास्की आइपुग्ने भएको छ । यही मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट शुरू भएको उक्त संकल्प यात्राअन्तर्गत कास्कीमा दुई दिनसम्म विविध कार्यक्रम तय गरिएको गण्डकी एमालेले जनाएको छ ।

एमाले जिल्ला किमिटी कास्कीका अध्यक्ष मनबहादुर गुरुङका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितको संकल्प यात्राको टोलीलाई आज दिउँसो कास्की र पर्वतको सीमास्थल नयाँपुलमा स्वागत गरिने भएको छ । सोही दिन कास्कीको अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा स्वागत, पोखरा महानगरपालिकाको हेम्जामा स्वागत तथा भेटघाट कार्यक्रम राखिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

दिउँसो साढे ३ बजे अन्नपूर्ण गाउँपालिका नौडाँडामा समेत टोलीलाई स्वागत र भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि अध्यक्ष ओलीले साढे ४ बजे हेम्जाको मिलनचोकमा हुने कार्यक्रमलाई छोटो सम्बोधन समेत गर्नेछन् ।

बिहीबार पोखरामा बस्ने ओलीले यहाँ रहदाँ विभिन्न क्षेत्रका व्यक्तिसँग भेटघाट र छलफल गर्ने कार्यक्रम समेत बनेको बताइएको छ । सो क्रममा कास्कीका विविध पक्ष सहित मध्यपहाडी लोकमार्ग अन्तरगत यहाँ देखिएको विवादको बारेमा समेत बुझ्ने बताइएको छ ।

मंसिर २२ गते शुक्रबार बिहान साढे सात बजे जिरोकिमीबाट ओली सहितको संकल्पयात्राको टोली अगाडि बढ्नेछ । सो टोलाीलाई पोखराको अम्मरसिंहचोकमा स्वागत र भेटघाट गरिनेछ भने बिहान ९ बजे तालचोक पुगेर पुनः ओलीले छोटो सम्बोधन गर्नेछन् । रुपा गाउँपालिकाले तालबेसीमा स्वागत गरेपश्चात टोलीलाई रुपाको पिपलेबजारबाट विदाई गरिनेछ। त्यसपछि टोली लमजुङ तर्फ लाग्नेछ ।

संकल्प यात्रामा सहभागी टोलीलाई एमाले स्थायी कमिटी सदस्य एवं कास्की जल्ला इञ्चार्ज थममाया थापासहित नेता, कार्यकर्ताले कास्कीमा स्वागत गर्ने एमालेले जनाएको छ ।

आज बिहान गलकोटबाट हिँडेर ससदरमुकाम बागलुङ बजारमा खाना खाने र पर्वतको कुश्मा सभा र स्थानीय नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूसँग अध्यक्ष केपी शर्मा ओलीले अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । आजको यात्रामा टोलीले १२० किलोमिटर दूरी पार गर्नुपर्नेछ ।

एमालेले सुदूरपश्चिमको झुलाघाटबाट सुदूरपूर्वको चिवाभञ्ज्याङसम्मको यात्रा शुरू गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत

दमौली, असोज २ दमौलीको आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत भएको छ

आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड

दमौली, असोज २ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड प्रदान गरिएको छ

आजबाट सोह्र श्राद्ध सुरु

देवघाट, असोज २ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष