देवघाट, मंसिर २१
तनहुँको देवघाट गाउँपालिका ५ र चितवनको भरतपुर महानगरपालिकाको जुगेडी जोड्ने झोलुङ्गे पुल मुनी त्रिशुली नदीको किनारमा तनहुँ तर्फको भागमा एक अपरिचित व्यक्तिको शव भेटिएको छ ।
विहिबार विहान ६ बजे नदीमा माछा मार्न गएका व्यक्तिहरुले नदी किनारमा उक्त शव देखी इलाका प्रहरी कार्यालय देवघाटमा खबर गरेका थिए ।
उक्त शव अहिले इलाका प्रहरी कार्यालयमा राखिएको र प्रक्रिया पुरा गरेर भरतपुर अस्पतालको शवगृहमा लैजाने इप्रका देवघाटका इन्चार्ज कृष्णबहादुर बानियाले बताए । गहुगोरो वर्णको, टाउकोको अगाडी भाग तालुमा कपाल नभएको, नीलो जाकेट र कालो ट्रयाक लगाएको व्यक्ति मृत अवस्थामा भेटिएको हुँदा सनाखतको लागि आउनुहुन इप्रका देवघाटले अनुरोध गरेको छ ।