दमौली, मंसिर २१
तनहुँका विभिन्न स्थानीय तहमा पाँचौ राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ विद्यालय स्तरीय उक्त प्रतियोगिता सुरु भएको छ ।
घिरिङ गाउँपालिकामा सुरु भएको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको गाउँपालिकाका अधयक्ष होमबहादुर थापाले उद्घाटन गरे । सो अवसरमा अध्यक्ष थापाले यस प्रतियोगिताले स्थानीय तहमा खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताए । ठेकेदारले कृष्ण मोटरमार्गलाई मुद्धा हालेको कारण सडकको स्तरोन्नतीको काम रोकिएपनि गाउँपालिकाले विद्यालय भवन निर्माण र स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने कार्यक्रमलाई निरन्तरता दिईएको बताए ।
घिरिङ गाउँपालिका वडा नम्बर ३ पोखरिछाप स्थित गाउँपालिका कार्यालयको प्राङ्गणमा आयोजित सो प्रतियोगिता मंसिर २३ गतेसम्म सन्चालन हुनेछ । उक्त प्रतियोगितामा गाउँपालिका भित्रका सात वटा माध्यमिक विद्यालयका विद्यार्थीहरु सहभागी छन् ।
आगामी पुस ९ र १० गते हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि खेलाडी छनोट गर्न र जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी गराउन गाउँपालिका स्तरीय प्रतियोगिता आयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद पोखरेलले बताए । प्रतियोगितामा भलिबल, कबड्डि र एथलेटिक्स जस्ता खेल हरु हुने गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख बाबुराम गैह्रेले जानकारी दिए ।
त्यसैगरि म्याग्दे गाउँपालिकामा आयोजित पाँचौ राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरे ।
सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, वडा अध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु लगायतले प्रतियोगिताको शुभकामना मन्तव्य राखेका थिए ।
यसैगरि आँबुखैरेनी गाउँपालिकामा आयोजित राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले उद्घाटन गरे ।
ऋषिङ गाउँपालिकामामा पनि राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ ।