युवा रेडक्रस सर्कल आदिकवि क्याम्पसको अध्यक्षमा खड्का

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २१

आदिकवि भानुभक्त क्याम्पसमा गठित नेपाल युवा रेडक्रस सर्कलको अध्यक्षमा सुमन खड्का निर्वाचित भएका छन् । युवा रेडक्रस सर्कलको विहिबार सम्पन्न १० औ साधारणसभा तथा अधिवेशनबाट क्याम्पस ईकाइ बर्ष २०८०÷८१ को लागि खड्काको अध्यक्षतामा ११ सदस्यिय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

कार्य समितिको उपाध्यक्ष पुष्पा पण्डित, सचिवमा मैसमी थापा, कोषाध्यक्षमा रोशन ओझा, सहसचिवमा सरिता कार्की, उपकोषाध्यक्षमा निर्वाचित भएका छन् । यसै गरि सदस्यमा शितल बिक, सुनिता पन्थ, शुशिला लम्साल, अस्मिता पौडेल एवं प्रियंका सुनार चयन भएका छन् ।

सर्कलका अध्यक्ष सुनिता तिवारीको अध्यक्षतामा सपन्न सो साधारणसभामा क्याम्पस सन्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेश महासचिव रामदक्त पौडेल, नेपाल रेडक्रस सोसाईटी तनहुँ जिल्ला शाखा उपसभापति नारयणी अधिकारी, नेपाल रेडक्रस सोसाईटी तनहुँ जिल्ला शाखाका मन्त्री सूर्यचन्द्र हड्खले, क्याम्पस प्रमुख महाप्रसाद हड्खले एवं स्ववियु अध्यक्ष गौरव पन्थ लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो