फेकोफोनको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २१

सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफोन) जिल्ला महासंघ तनहुँको आयोजनामा विहिबार दमौलीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सचेतना कार्यक्रम सम्पन्न भयो ।

सो कार्यक्रममा प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघ गन्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले नेपालमा सबैभन्दा पहिला सामुदायिक वन महासंघले लैङ्गिक समानता कायम गरेको बताए । उनले लैङ्गिक हिंसाको विरुद्धमा सबै एक जुट बन्नु पर्ने बताए ।

महासंघ तनहुँका अध्यक्ष विष्णुकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न जिल्ला महासंघका उपाध्यक्ष रामप्रसाद श्रेष्ठ, सदस्य शुभद्रा घिमिरे, स्थानीय महासंघ शुक्लागन्डकीका अध्यक्ष केशवराज पौडेल, म्याग्देका अध्यक्ष बालकृष्ण श्रेष्ठ, व्यास नपाका अध्यक्ष एकबहादुर श्रेष्ठ, ऋषिङका अध्यक्ष भक्तबहादुर रानाभाट लगायतले लैङ्गिक हिंसाको विरुद्धमा मन्तव्य व्यक्त गरेका थिए ।

सो कार्यक्रमको सन्चालन जिल्ला महासंघकी सचिव मन्जु अधिकारीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि