फेकोफोनको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २१

सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफोन) जिल्ला महासंघ तनहुँको आयोजनामा विहिबार दमौलीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सचेतना कार्यक्रम सम्पन्न भयो ।

सो कार्यक्रममा प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघ गन्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले नेपालमा सबैभन्दा पहिला सामुदायिक वन महासंघले लैङ्गिक समानता कायम गरेको बताए । उनले लैङ्गिक हिंसाको विरुद्धमा सबै एक जुट बन्नु पर्ने बताए ।

महासंघ तनहुँका अध्यक्ष विष्णुकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न जिल्ला महासंघका उपाध्यक्ष रामप्रसाद श्रेष्ठ, सदस्य शुभद्रा घिमिरे, स्थानीय महासंघ शुक्लागन्डकीका अध्यक्ष केशवराज पौडेल, म्याग्देका अध्यक्ष बालकृष्ण श्रेष्ठ, व्यास नपाका अध्यक्ष एकबहादुर श्रेष्ठ, ऋषिङका अध्यक्ष भक्तबहादुर रानाभाट लगायतले लैङ्गिक हिंसाको विरुद्धमा मन्तव्य व्यक्त गरेका थिए ।

सो कार्यक्रमको सन्चालन जिल्ला महासंघकी सचिव मन्जु अधिकारीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले