मानवअधिकार दिवसको अवसरमा मानवअधिकार मैत्री योजना निर्माणको माग गर्दै ज्ञापनपत्र

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २४

७५ औं अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मानवअधिकार तथा सामाजिक न्याय मन्च नेपाल, मानवअधिकार एलायन्सले मानवअधिकार मैत्री योजना निर्माणको माग गर्दै जिल्ला समन्वय समिति र व्यास नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

मनवअधिकार एलायन्स तनहुँकी अध्यक्ष सरस्वती सिग्देल, प्रदेश सचिव तिर्थ खनाल र जिल्ला सचिव कविराज श्रेष्ठले आइतबार जिल्ला समन्वय समिति र व्यास नगरपालिकामा गई उक्त ज्ञापनपत्र बुझाएका थिए ।

एलायन्सले स्थानीय तहले नीति तथा योजना निर्माणको क्रममा मानवअधिकार मैत्री हुनु पर्ने, पाँचौ मानवअधिकार राष्ट्रिय कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्नु पर्ने, दिगो विकासका सुचकहरु हासिल गर्दै सबै नागरिकको जिवन रक्षा गर्न तथा स्वतन्त्रता र न्याय सुनिश्चित गर्न माग गरिएको छ ।

उक्त ज्ञापनपत्र व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र जिल्ला समन्वय समितिका समन्वय अधिकारी थमन थापालाई बुझाईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ५ देवघाट गाउँपालिका–५ मा श्रीहरिहर सन्यास आश्रमले सन्चालन गरेको परमानन्द संस्कृत गुरुकुल

आबुँखैरेनीका विभिन्न योजनाको लागि बजेट छुट्याउन अर्थमन्त्रीको ध्यानाकर्षण

तनहुँ । बैशाख ५ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेट गरी आगामी

घरमै राहदानी वितरण

तनहुँ । बैशाख ५ तनहुँमा घरमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । यसले