तनहुँका १७ बर्षिय बालकले पोखराबाट बस चोरेर चितवन पुर्याए

Devghat Online

शेयर गरौ

पोखरा, मंसिर २४

पोखरामा बस चोरी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । पोखराबाट बस चोरेर चितवन पुर्याएको अवस्थामा तनहुँ जिल्ला म्याग्दे गाउँपालिका वडा नम्बर ३ निवासी १७ वर्षिया किशोर पक्राउ परेका हुन् ।

किशोरलाई चितवनको आँपटारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।पोखराको पृथ्वीचोकमा पार्किङ गरेर राखेको ग.१ ख. ९६३८ नम्बरको बस मंसिर २२ गते शुक्रबार हराएको थियो । पार्किङ गरेर राखेको बस चोरी भएको उजुरी परेपछि प्रहरीले खोजतलास सुरु गरेको थियो ।

खोजतलासको क्रममा चितवनको भरतपुर लैजाँदै गरेको अवस्थामा किशोरलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उनका अनुसार किशोर आफैले चलाएर बस भरतपुरको आँपटारीतर्फ लैजाँदै थिए ।

प्रहरीले किशोरसहित बसलाई नियन्त्रणमा लिएको छ । जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको डिएसपी विकले जानकारी दिए । चोरी आरोपमा पक्राउ परेका किशोरलाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा अदालतबाट म्याद थप गरि मुद्धा चलाईएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता