देवघाट, पुस १३
देवघाटमा लाग्ने माघे सक्रान्ति मेलालाई यसवर्ष भव्य र व्यवस्थित बनाईने भएको छ । देवघाट क्षेत्र विकास समितिको आह्वानमा मेला तयारी सम्बन्धमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले मेलाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा देवघाटको महिमा र पहिचानको उजागर गर्ने हुँदा मेलालाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिईएको थियो ।
बैठकमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले सबैसँग समन्वय गरि मेलालाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताए । मेलाले देवघाटलाई देश तथा बिदेशमा प्रचार प्रसार गर्ने हुदा मेलाको सफलताले नै यसक्षेत्रको महत्त्व बढाउने वाग्लेले बताए । मेलामा लाखौं भक्तजनको उपस्थिति हुने हुदा शान्ति सुरक्षालाई सबैभन्दा बढि महत्त्व दिनुपर्ने वाग्लेको भनाई थियो ।
देवघाटधाममा वर्षाैंदेखि लाग्दै आइरहेको माघे संक्रान्ति मेलामा टाढा टाढा देखि धेरै भक्तजनहरु आउने र स्नान गर्ने प्रचलन रहि आएको हुदाँ मेलाको क्रममा यहाँ आउने भक्तजनहरुको सेवा सुबिधा, सुरक्षा तथा यसक्षेत्रका बासिन्दाको पनि सर्वोपरी हित हेर्नुपर्ने देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए ।
देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाटधाम तिनवटा जिल्लाको तिनवटा स्थानीय तहमा पर्ने हुदा, यसक्षेत्रमा लाग्ने मेला महोत्सवमा पनि तिनवटै स्थानीय तहले सहयोग गर्नुपर्ने बताए । देवघाट क्षेत्र विकास समितिले पनि माघे सक्रान्ती मेलालाई मात्रै महत्त्व दिएको भन्दै अध्यक्ष थापाले देवघाटमा सबै महिना यस्तै महत्त्वका मेलाहरु लाग्ने गरेको बताए । ती मेला महोत्सवलाई पनि क्षेत्र विकासले महत्त्व दिनुपर्ने अध्यक्ष थापाको भनाई थियो । माघे सक्रान्ती मेला लाग्ने बेणी संगममा सौचालय र खानेपानीको अभाव रहेको र यसले मेलाकै गरिमा घट्ने भएको हुदा क्षेत्र विकासले मेलाको पुर्वाधार निर्माणमा पनि ध्यान दिनुपर्ने अध्यक्ष थापाले बताए ।
तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मेलालाई व्यवस्थित बनाउन शान्ति सुरक्षाको कामलाई ध्यानदिनुपर्ने बताए । विगतमा गरिएका कामको समीक्षा गर्दै यसपटक गठन गरिएका विभिन्न उपसमितिहरुसँग तथा भक्तजनहरुको सुरक्षा र व्यबस्थापनका लागि तिनवटै जिल्लाका तिनवटै सुरक्षा निकायसँग समन्वय गर्नुपर्ने प्रजिअ गौतमले बताए ।
चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले मेलालाई सफल बनाउन सबैले आ आफ्नो जिम्मेवारी अनुसार काम गर्नुपर्ने भन्दै ठिमुराको पुललाई मेला सन्चालन अघि नै सन्चालन गर्ने वातावरण बनाउने बताए ।
तनहुँका प्रहरी उपरीक्षक अबदेश विष्टले त्रिशुलीको झोलुङ्गे पुल जिर्ण भएको हुँदा उक्त पुललाई मेलाको समयमाबन्द गर्नुपर्ने हुनसक्ने बताए । मेलाको समयमा चोरी, लुटपाट तथा दुव्र्यवहारको घटना हुनसक्ने हुँदा प्रभावकारी सुरक्षा व्यवस्थापनको लागि सबैले सुरक्षाकर्मीलाई सहयोग गर्नुपर्ने बताए ।
बैठकले मेला सन्चालनको लागि देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भिमबहादुर रानाको संयोजकत्वमा मुल समारोह समिति गठन गरेको छ । साथै विभिन्न उपसमितिहरु पनि गठन गरिएका छन् ।
गठित उपसमितिहरुमा स्वंयमसेवक परिचालन उप-समिति, धुनी ब्यबस्थापन उप-समिति, बजार ब्यबस्थापन, सरसफाई तथा अस्थायी शैाचालय व्यस्थापन उप-समिति, खानेपानि व्यवस्थापन उपसमिति, प्राथमीक स्वास्थ्य उपचार उपसमिति, सडक बत्ती व्यस्थापन उप-समिति, आकस्मिक उद्दार एवं स्नानघाट सुरक्षा ब्यावस्थापन उपसमिति, मेला व्यवस्थापन मुल समिती सचिवालय समिति, सुचना सन्चार एवं प्रचार प्रसार उप-समिति, मेला सुरक्षा व्यबस्थापन उपसमिति, रुट निर्धारण उपसमिति, सडक मर्मत तथा सम्भार उपसमिति, बिघुत नियमित आपुर्ती उपसमिति, डुङ्गा एवम् घाट ब्यबस्थापन उपसमिती, मेला अनुगमन तथा मूल्यांकन उपसमिति तथा पार्किङ उपसमिति रहेका छन् ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भिमबहादुर रानाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरुको उपस्थिति रहेको थियोे ।