राष्ट्रिय सभाको सिट आज बाँडफाँड गर्न गठबन्धनको निर्णायक बैठक बस्दै

शेयर गरौ

काठमाडौं, पुस २१-

राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिट बाँडफाँडका लागि निर्णायक वार्ता गर्न शनिबार सत्ता गठबन्धनको बैठक बस्दैछ। बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

राष्ट्रियसभामा एमालेसँगको सहकार्य नहुने निष्कर्षमा पुगेपछि आपसमै सिट बाँडफाँड गर्नेबारे गठबन्धनमा निर्णायक वार्ता हुन लागेको प्रमुख सचेतक लेखकले बताए। एमालेले सबै सिटमा एक्लै उम्मेदवारी दिने निर्णय गरेपछि गठबन्धनले तत्कालका लागि ऊसँगको सहकार्य टुंग्याएको हो।

एमाले सचिवालय बैठकले १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको थियो। यसअघि कांग्रेस र माओवादीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गराउन एमालेको सहयोग खोजेका थिए। एमालेले गठबन्धनसँग ६ सिट मागेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र