चितवन, पुस २१-भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले विकासको पहिलो आधार सडक भएकाले सडकलाई प्राथामिकता दिएको बताएकी छन् ।आज नेपाल रेडक्रस सोसाइटी गीतानगर उपशाखाको नवनिर्मित भवनको उद्घाटन गर्दै मेयर दाहालले सडक पूर्वाधार निर्माण भएपछि मात्रै जनताको जीवनस्तर सुधार गर्न सडक पूर्वाधारको महत्वपूर्ण भूमिका हुने उल्लेख गरेकी हुन् ।मेयर दाहालले भरतपुरको विकास यतिकै नभएको बताउँदै उनले जनप्रतिनिधिको सक्रिय पहल र आमजनताको इच्छा चाहनाले मात्र भरतपुरको विकास सम्भव भएको प्रष्ट पारिन् । ‘बजेट सजिलै आउँदैन’, उनले भनिन्,‘एक पटक गएर हुदैन। पटक पटकको पहल, सक्रियताले बजेट आउँछ । हिजोको दिनमा १० लाखको बजेट ल्याउन गाँउबाट डेलिगेशन जानुपर्ने अवस्था थियो । ’मेयर दाहालले नेपाल रेडक्रस सोसाइटी गीतानगर उपशाखाले मानविय, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको उच्च कदर गरिन् । उनले गीतानगर उपशाखाको भवन निर्माणका लागि जग्गादाता जयलाल पौडेलले पु¥याएको योगदान र भवन निर्माण गर्ने स्थानीय दानवीरलाई धन्यवाद दिइन् । भरतपुर महानगरपालिका, स्थानीय चन्दाताको सहयोगमा १४ लाख ८३ हजार रुपैयाँको लागतमा भवन निर्माण भएको हो ।मेयर दाहालले भरतपुरको भगिनी सम्बन्ध स्थापना भएको जापानको यकोसुका सहरबाट ५\६ वटा एम्बुलेन्स सहयोग आउन लागेको र एक थान गीतानगर उपशाखालाई प्रदान गरिने बताइन् । रेडक्रसको जिल्ला भवन निर्माण गर्न महानगरबाट सहयोग भएको र गैर अवासीय नेपाली सघ एनआरएनएबाट सहयोग भएको रक्त सञ्चार एम्बुलेन्स पनि हस्तान्तरण गरिएको बताइन् ।कार्यक्रममा रेडक्रसको भवन निर्माण गर्न सहयोग पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा उपप्रमुख चित्रसेन अधिकारी, वडा अध्यक्ष हरिकृष्ण श्रेष्ठ, राजेन्द्र साँखीलगायतको उपस्थिति रहेको थियो।
दशैं बिदामा बन्दीपुरमा पर्यटकको चहलपहल बढ्यो
बन्दीपुर, असोज २८ तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दशैं बिदाका कारण