त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित श्रृलंकाकी महिला पक्राउ

शेयर गरौ

काठमाडौं, पुस २२-

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एकजना पक्राउ परेका छन् ।

दुबईबाट आएकी श्रृलंकाकी महिला कान्ति काभास्करलाई सुनसहित विमानस्थल प्रहरीले शनिबार राति पक्राउ गरेको हो । प्रहरीले उनीमाथि थप अनुसन्धान जारी राखेको छ । विमानस्थल प्रहरी प्रवक्ता एसपी पदम विष्टका अनुसार ती महिलाले सुन ब्रा र अन्डरवयरभित्र धुलो बनाएर ल्याएको बताए ।

“सुन एक किलोभन्दा बढी हुनसक्छ । धुलो बनाएर पेन्टी र ब्रामा सुन लुकाएर ल्याएकी छन्,” एसपी विष्टले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो