जिप दुर्घटनामा २ को मृत्यु, ९ जना घाइते

Devghat Online

शेयर गरौ

अन्जान परियार

पुस २५, भिमाद

भिमाद नगरपालिका-३ आमडाँडा- सेर्का (बरालथुम्किमा ) बुधबार बिहान फोर्स जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन। पोखराबाट रामपुर तर्फ जाँदै गरेको ग १ ज ६३५६ नम्बरको फोर्स जिप बिहान १० बजे भिमादको सेर्का बरालथुन्कीमा दुर्घटना भएको हो ।

उक्त जिप शृङ्गपथ मोटरमार्गबाट १ सय ७० मिटर तल खसेको उक्त जिपमा चालक सहित १२ जना सवार थिए। घाईते मध्ये ४ जना गम्भीर घाइते रहेका छन । बाकी मध्यम घाइते रहेका छन भने चालक सकुशल प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख प्रहरी नायब निरिक्षक उदयराज पैडेलले जानकारी दिए।

३ जना घाइतेहरुलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाईएको र अन्य घाइतेको जिपि कोइराला हस्पिटल बेलचैतारामा उपचार गरिएको छ ।

भिमाद प्रहरी र स्थानिय युवाहरुको सहयोगमा घाइतेलाई उद्दार गरि भिमाद नगरपालिका र घिरिङ गाउँंपालिकाको एम्बुलेन्समा हस्पिटल पठाइएको हो। घाइतेहरुकध पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक