आचार्य सहित ३ जनालाई बन्दीपुर केवलकार पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कार

Devghat Online

शेयर गरौ

दमौली, पुस २६

बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडले स्थापना गरेको बन्दीपुर केवलकार पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कारबाट यस वर्ष तीन जना पत्रकारले पुरस्कृत हुने भएका छन् । उद्यमशिलताको विकासको लागि कलम चलाएर योगदान पु¥याए बापत तीन जना पत्रकारलाई यस विधाको पुरस्कार प्रदान गर्ने निर्णय भएको पुरस्कार मुल्यांकन तथा सिफारिस समितिका प्रमुख तारानाथ उपाध्यायले जानकारी दिए ।

केवलकार सहित बन्दीपुर क्षेत्रको उद्यम र पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोग गरेवापत तनहुँबाट दमौली एक्सप्रेस साप्ताहिक तथा ईबाराही डट कमकी सहसम्पादक सुनिता आचार्य काठमाडौंका सेतोपाटीकर्मी पत्रकार सविना कार्की रपर्वतका नेपाल समाचारपत्रकर्मी पत्रकार दुर्गा शर्मालाई बन्दीपुर केवलकार पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिने उपाध्यायले बताए ।

उनीहरुलाई बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडको यही पुस २८ गते हुने वार्षिक साधारण सभाको अवसरमा जनही रु ५० ÷५० हजार रुपैयाँ राशिको पुरस्कारले सम्मानित गरिने बताइएको छ ।
तनहुँको बन्दिपुरमा निर्माणधीन बृहत् पर्यटन पुर्वधारयुक्त परियोजनाले समाजमा उधमशिलता जागरणको लागि यस प्रकारको पुरस्कार मार्फत सोही विधामा कलम चलाउन पत्रकारहरुलाई नियमित प्रोत्साहन गरीरहेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए ।

३ अर्व ५८ करोड लगानी रहेको यस परियोजना आगामी नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । यस परियोजनाले पत्रकारहरुको लागि बिशेष सहुलियत कार्ड समेत दिने घोसणा गरिसकेको छ । साथै परियोजना नेपालको उद्यम अभियानमा कोशेढुंगा साबित हुने कम्पनिले दाबि गरेको छ.।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय