चितवनमा भएका दुई छुट्टा–छुट्टै दुर्घटनामा २ जनाको मृत्यु

शेयर गरौ

भरतपुर,पुस २७-

चितवनमा भएका छुटाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको खैरहनी र भरतपुरमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत खैरहनी नगरपालिका २ चैनपुरमा टाँडीबाट पर्सातर्फ जाँदै गरेको प्रदेश ०३–०२–००६ प ९०६८ नम्बरको स्कूटरलाई बा ०३–००१ च १७२७ नम्वरको बोलेरो गाडीले ठक्करदिँदा राप्ती नगरपालिका ८ ब्रम्हनगरका ३० वर्षीय करण श्रेष्ठको मृत्यु भएको हो ।

बिहिबार साँझ ९ बजे भएको दुर्घटनाका घाइते श्रेष्ठको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा ९ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो । प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिएको छ ।

यस्तै भरतपुर महानगरपालिका ७ क्यान्सर अस्पताल गेट नजिकै कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार राती ८ः३० बजे टाइगरचोकबाट बुद्धचोक जाँदै गरेको बा २८७५ नम्वरको कारले बा.०३–००३ प १७७६ नम्वरको मोटरसाइकललाई दिँदा मोटरसाइकल चालक माडी नगरपालिका ६ रामराज्यपुर बस्ने ३४ बर्षका कुल प्रसाद सापकोटाको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते सापकोटाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको भण्डारीले बताउनुभयो । कार र कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक दुवै पुरुषको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय