देवघाटकी चन्द्रमायाको पिडाः ८० बर्षमा पनि छैन नागरिकता

Devghat Online

शेयर गरौ

देवघाट, पुस २८

देवघाट गाउँपालिका–५ बसन्तपुरकी ८० बर्षिया चन्द्रमाया थापाले अझैसम्म पनि नागरिकताको प्रमाणपत्र पाएकी छैनन् । उमेरले डाँडो काटिसकेपनि चन्द्रमायाले भने अहिलेसम्म नागरिकता पाएकी छैनन् ।

व्यवस्था परिवर्तन भएपछि गाउँमा पटक–पटक नागरिकता वितरण गर्ने घुम्ती टोली आयो तर चन्द्रमायाको नागरिकता कसैले पनि बनाईदिएनन् । नागरिकता बनाउन पटक–पटक वडा कार्यालयमा जाँदा सिफारिस नपाएको उनले बताईन् । नागरिकता नहुँदा सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षाभत्ताबाट चन्द्रमाया बन्चित हुँदै आएकी छिन् ।

‘अहिलेसम्म कसैले पनि नागरिकता बनाइदिएनन्’ उनले भनिन् ‘नागरिकताको लागि सिफारिस लिन जाँदा वडा कार्यालयले पनि सिफारिस दिएन ।’ नागरिकता बनाउन जादा वडा कार्यालयका कर्मचारीले बन्दैन भनेर फर्काएको उनले गुनासो गरिन् । त्यसपछि साच्चै नै नागरिकता नबन्ने रहेछ भन्ने ठानेर त्यतीकै बसेको उनले बताइन् । विवहा गरेको लोग्नेलाई बर्षौ अघि छोडेर चन्द्रमायाले अर्काे विहे गरेकी थिइन् । पछि विहे गरेको लोग्नेको मृत्यु भईसके पनि उनीबाट जन्मेका छोराहरुले भने नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् ।

नेकपा एमाले देवघाट गाउँ कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपानेले बिदेशी नागरिकलाई सजिलै नागरिकता दिन सरकारले कानुन ल्याएपनि आफ्नै देशका बृद्धबृद्धा अझै पनि नागरिकता बिहीन बन्नु ज्यादै दुखद भएको बताए । यही ठाउँको मान्छे भन्ने सनाखत भएपछि चन्द्रमायालाई जसरी पनि नागरिकता दिनुपर्ने न्यौपानेको भनाई छ ।

‘कति बिडम्बना छ, देशमा लोकतान्त्रिक गणतन्त्र आयो, जनताको घर दैलोमा सिंहदरबारको अधिकार आयो भन्थे तर यी ८० बर्षिया आमा चन्द्रमाया थापालाई भने गणतन्त्र आएको रहेनछ ।’ न्यौपानेले भने ‘८० वर्षको उमेर भै सक्दासम्म उहाँले अहिलेसम्म नागरिकता पाउनु भएको छैन र नागरिकता नहुँदा बृद्धभत्ताबाट पनि बन्चित हुनु भएको छ ।’ यस विषयलाई वडा कार्यालयले बिस्तृत रुपमा बुझेर किन नागरिकता नपाउनु भएको रहेछ भन्ने पत्ता लगाएर नागरिकताको लागि सहजिकरण गर्नुपर्ने न्यौपानेले बताए ।

देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले आफ्नो कार्यकालमा उहाँ नागरिकताको सिफारिश लिन नआउनु भएको भन्दै आफुले पनि यसबारेमा पहिलो पटक सुनेको बताए । उनले अव बृद्धाकै घरमा पुगेर के रहेछ भन्ने वास्तविक कुरा बुझेर वडाको सिफारिस सहित चन्द्रमायालाई नागरिकता दिलाउन आफैले लिएर जिल्ला प्रशासन कार्यालय जाने वडा अध्यक्ष कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा राप्रपा अध्यक्ष लिङदेनः नेपाललाई हिन्दु राष्ट्र बनाएरै छाड्छौ

देवघाट, माघ २२ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई हिन्दु राज्य बनाएरै छाड्ने बताएका