मुग्लिङ-नारायणगढ सडक आज र भोली दिनभर सन्चालन हुने

Devghat Online

शेयर गरौ

भरतपुर, पुस २९

मुग्लिङ-नारायणगढ सडक खण्डमा आज र भोलि दिउँसो पनि यातायात खुल्ला रहने भएको छ।

देवघाटमा लाग्ने माघेसंक्रान्ति मेलालाई मध्येनजर गर्दै दिउँसो पनि यातायात सुचारु गर्ने निर्णय भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए।

यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम गरिँदै हुँदै आएको थियो। यस सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि दिउँसोको समयमा सडक बन्द गरेर काम हुँदै आएको छ।

जिल्लाको सुरक्षा समितिको बैठकमा थप तीन साता सडक बन्द गरेर काम गर्ने अनुमति दिएको।

गत साल कडा चट्टान आएपछि विस्फोट गर्ने भन्दै काम रोकिएको थियो। यस वर्ष ३८ टनको ब्रेकर प्रयोग गरेर भत्काउन सुरु गरेपछि कामले गति लिएको बताइएको छ। अझै ढिस्को फोर्न तीन साता लाग्ने आयोजनाले अनुमान गरेको छ। सोही अनुसार जिल्ला सुरक्षा समितिले तीन साता म्याद थप गरेर काम गरिरहेको छ।

आवश्यक परेको ठाउँमा चट्टानलाई चिरा पार्ने रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर काम गरिएको छ। गत साल २२ टनको ब्रेकर मात्र प्रयोग गरिएको थियो।

सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो। बाँकी १५ पुल एकै साथ ठेक्का लगाइएको थियो। वि.सं. २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घिरिङको बजेट ५० करोड

तनहुँ । असार १० यसैगरि घिरिङ गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५० करोड रहेको छ