देवघाटमा आगलागीमा परि सयौं कुखुराका चल्ला जले

Devghat Online

शेयर गरौ

देवघाट, पुस २९

देवघाट गाउपालिका- ५ गोहीटार स्थित हिरा कुमारी क्षेत्रीको कुखुरा फारममा आईतवार दिउँसो आगलागी हुँदा सयौं कुखुराको चल्ला जलेर नष्ट भएका छन् ।

क्षेत्रीले व्यवसायिक रुपमा पाल्दै आएको कखुरा फारममा विद्युत सट भई आगजनी भएको थियो । आगजनीबाट कुखुराको खोरको माथिल्लो भाग पुर्ण रुपमा जलेर नष्ट भएको छ भने हालै राखिएको करीव १ हजार चल्ला मध्ये सयौं जलेर नष्ट भएको क्षेत्रीले बताईन् ।

स्थानिय गाउँले हरुको सहयोगमा आगो निभाउने काम भएको र भरतपुर चितवन बाट आएको दमकलको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रण भएको स्थानीय समाजसेवी बद्रि प्रसाद मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक