रेडियो देवघाटको बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमहरु सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, माघ ५

देवघाटमा सन्चालित रेडियो देवघाट १०२.६ मेघाहर्जको १३ औं बार्षिकोत्सवको अवसरमा आयोजित सम्पुर्ण कार्यक्रमहरु सम्पन्न भएको छ । रेडियोले बार्षिकोत्सवको अवसरमा साताव्यापी विभिन्न कार्यक्रम आयोजना गरेको थियो । शुक्रबार माध्यमिक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता र पुरस्कार वितरणको आयोजना गरि रेडियोको बार्षिकोत्सवको सम्पुर्ण कार्यक्रमहरु समापन गरिएको हो ।

‘शान्ति र सदभाव हाम्रो अभियान’ भन्ने मूलनाराका साथ सगरमाथा सन्चार सेवाद्वारा सन्चालित उक्त रेडियोले बार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको थियो । बार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित देवघाट गाउँपालिका भित्रका माध्यमिक विद्यालय स्रतीय बक्तृत्वकला प्रतियोगितामा बेद बेदाङ्ग संस्कृत विद्यालयका छात्र अभिषेक दाहाल प्रथम, महेश संस्कृत गुरुकुलका छात्र आनन्द गौतम द्वित्तीय, रामजानकी बालिका आश्रमकी छात्रा निलम लोककल्याणी तृतीय तथा कालिका माविकी छात्रा आकृति लामिछाने सान्त्वना भएका थिए ।

सो कार्यक्रममा यस अघि गत पौष २५ गते आयोजित दौड प्रतियोगिताका महिला र पुरुष विजयी धावकहरुलाई र बक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, रेडियोका अध्यक्ष बिजय शर्मा भुषाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।

रेडियोका अध्यक्ष विजयराज शर्मा भुसालको अध्यक्षतामा आयोजित सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्ण बहादुर कुँवर, वडा सदस्यहरु, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल, गाउँपालिकाका शिक्षा युवा तथा खेलकुँद शाखाका प्रमुख होमनाथ लामिछाने, महिला बालबालिका शाखा प्रमुख शुभद्रा भट्टराई, अन्य विभिन्न शाखाका प्रमुखहरु, सब डिभिजन बन देवघाटका प्रमुख कृष्णप्रसाद भट्ट लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न सामुदायिक बन, सामाजिक संघ संस्था तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा रेडियो की कोषाध्यक्ष श्रृजना देवकोटाले स्वागत मन्तव्य राखेकी थिइन् ।

कार्यक्रममा बोल्ने वक्ताहरुले रेडियो देवघाटले प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सबको अवसरमा स्थानीय आम जनसमुदाय विशेष गरि युवा वर्ग लक्षित सामाजिक, शारीरिक, र मानसिक विकास लक्षित कार्यक्रम हरुको आयोजना गरि समाजमा जनचेतनामूलक सन्देश पु¥याएकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

रेडियोका अध्यक्ष शर्माले बार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रममा सहभागिता जनाउने तथा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । सो कार्यक्रमको सन्चालन रेडियोका महासचिव निरन्जन हाडाले गरेका थिए ।

रेडियोले आफ्नो बार्षिकोत्सवको अवसरमा गत पौष २५ गते दासढुङ्गा बाट इलाका प्रहरी कार्यालय चोकसम्म पुरुष तथा महिला दौड प्रतियोगिता आयोजना गरेको थियो । त्यसैगरि पौष २७ गते रेडियोका संस्थापक अध्यक्ष स्व .भक्ति प्रसाद तिमल्सेनाको तेस्रो वार्षिक पुण्य स्मृति दिवसको अवसरमा देवघाटका विभिन्न आश्रमहरुमा फलफूल बितरण गरिएको थियो । त्यस्तै माघे संक्रान्तिको अवसरमा आयोजित मेलामा प्रतक्ष्य प्रशारण गरिएको रेडियोका बजार प्रबन्धक गोपाल शर्मा न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एमालेको हीरक महोत्सव आजः प्रचण्ड र देउवा विशेष वक्ता, माधवलाई पनि निम्तो, पुर्व राष्ट्रपती भन्डारीलाई गणतन्त्र गौरबले सम्मान गर्ने

काठमाडौं, बैशाख १० नेकपा एमालेले आज नेकपा स्थापना दिवसको अवसरमा हीरक महोत्सव मनाउँदैछ । नेकपा

कालिगन्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन बारे सर्वाेच्चको फैसलाको व्याख्या हुनुपर्नेः देवघाट गाउँपालिका अध्यक्ष थापा

‘नदीको पानी हेरेर मात्र बस्ने भयौं, उपभोग गर्न पाईएन’ देवघाट, बैशाख १० कालीगन्डकी नदीबाट ढुङ्गा,

कालिगन्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन बारे सर्वाेच्चको फैसलाको व्याख्या हुनुपर्नेः देवघाट गाउँपालिका अध्यक्ष थापा

‘नदीको पानी हेरेर मात्र बस्ने भयौं, उपभोग गर्न पाईएन’ देवघाट, बैशाख १० कालीगन्डकी नदीबाट ढुङ्गा,

देवघाटमा चोरीको बिगबिगी: कल्पवासीको कुटी फोरी २ लाख ५० हजार नगद र ३ तोला सुन चोरी

देवघाट, बैशाख ९ देवघाट गाउँपालिकामा पछिल्लो दिनमा मोटरसाईकल चोरी हुनुलाई सामान्य रुपमा लिन थालिएको छ

ओझेलमा परेको सीता गुफा

रामायणमा सीता मातालाई उनका पति अयोध्याका राजा श्रीरामले अग्निपरिक्षा लिन आदेश दिएपछि, त्यो अपमान सहन