तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा मिश्र निर्वाचित, मल्ल बरिष्ठ उपाध्यक्ष

Devghat Online

शेयर गरौ

दमौली, माघ ६

तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा बैकुण्ठनाथ मिश्र सर्वसम्मत निर्वाचित भएका छन् । संघको निर्वाचनकोलागि शनिबार उम्मेदबारी दर्ता गर्ने कार्यक्रम रहेकोमा अध्यक्ष पदमा मिश्रको मात्रै उम्मेदबारी परेपछि उनी निर्विरोध अध्यक्ष निर्वाचित भएको जनाईएको छ । मिश्र संघको पुर्व प्रथम उपाध्यक्ष हुन् । गत अधिवेशनमा अध्यक्ष पदमा उम्मेदबार बनेका उनी पविन्द्रकुमार श्रेष्ठसँग पराजित भएका थिए ।

यस अघि अध्यक्ष पदमा उम्मेदबारी दिएका हालका प्रथम उपाध्यक्ष इमकुमार मल्लले उम्मेदबारी दर्ताकै समयमा अध्यक्षको उम्मेदबारी फिर्ता लिएर बरिष्ठ उपाध्यक्षमा उम्मेदबारी दिएका थिए । संघले आफ्नो विधानमा पहिलो पटक बरिष्ठ उपाध्यक्षको पद सिर्जना गरेको थियो । बरिष्ठ उपाध्यक्षमा पनि मल्लको मात्र उम्मेदबारी परेपछि उनीपनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक डम्बरदेव हड्खलेले जानकारी दिएका छन् ।

यसैगरि संघको प्रथम उपाध्यक्षमा कुमार मल्ल, शुरेश पुरी र राजकुमार श्रेष्ठ राकुको उम्मेदबारी परेको छ भने द्वित्तिय उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, शिवओम मल्ल र सकुन्तला आले तथा कोषाध्यक्षमा भिमलाल श्रेष्ठ, प्रकाशचन्द्र हड्खले र राजेश श्रेष्ठको उम्मेदबारी परेको निर्वाचिन समितिले जनाएको छ । ति पदहरुमा पनि सर्वसम्मत बनाउन संघका नेताहरु लागि परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को