प्राणनाथ अनाथ सेवा आश्रम देवघाटधाममा महायज्ञ हुने

Devghat Online

शेयर गरौ

देवघाट, माघ ७

देवघाटधाम स्थित प्राणनाथ अनाथ सेवा आश्रममा महायज्ञ हुने भएको छ । नेपालको मध्य भागमा अवस्थित प्राचीन ऋषिमुनिहरूको तपोभूमि, धर्म संस्कृति र पर्यटन क्षेत्रको धरोहर, काली गण्डकी र त्रिशुलीको संगम स्थल, धार्मिक पर्यटकीय क्षेत्रकोे महत्वपूर्ण स्थान, हरिहर क्षेत्र देवघाट, तनहुँमा रहेको श्री प्राणनाथ अनाथ सेवा आश्रम परिसरमा आगामी फागुन १७ देखी २३ गतेसम्म श्रीकृष्ण प्रणामी धर्मजागनी ज्ञान महायज्ञ–२०८० हुने भएको छ ।

उक्त आश्रम परिसरमा श्रीकृष्ण मन्दिर तथा श्रीकृष्ण कृपाधाम निर्माण सम्पन्न भईसकेको हुँदा महायज्ञको अवसरमा सो मन्दिरको उद्घाटन समेत हुने प्रचार प्रसार समितिका सह संयोजक एवं एवं कृष्ण प्रणामी युवा परिषद जिल्ला कार्यसमिति चितवनका सचिब प्रल्हादचन्द्र लम्सालले जानकारी दिए ।

उक्त सप्ताहव्यापी महायज्ञमा १०८ श्रीमद्तारतमसागर ब्रम्हवाणी र १०८ श्रीमद्भागवत पाठपारायण सहित विविध धार्मिक अनुष्ठानहरू हुनेछन् । उक्त धार्मिक अनुष्ठान सम्पन्न गर्नकालागि मन्दिरको रंग रोकन सकिएलगत्तै वृहत पत्रकार सम्मेलन गरिने जानकारी प्रचार प्रसार उपसमितिका सह संयोजक लम्सालले बताए ।

लम्सालका अनुसार प्रचार प्रसार समितिमा विभिन्न मिडियाकर्मी हरुलाइ समेत सदस्य पदमा मनोनयन गरिएको छ । नेपालको पहिलो भागवताचार्य घमिरे संरक्षक रहनुभएको उक्त धामको विदुषीतारा मुल समारोह समितिको संयोजक मन्दिरका अध्यक्ष, रिजाल्स फुडका उद्योगी एवं व्यवसायी राजेन्द्र प्रसाद रिजाल रहेका छन् भने प्रचार प्रसार समितिको संयोजकमा मन्दिरका उपाध्यक्ष देवराज पराजुली रहेका छन् । महासचिवको जिम्मेवारी चेतन सेढाइले सम्हाल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।