श्रद्धान्जली सभा सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, माघ ७

नेकपा एमाले जिल्ला कमिटि तनहुँका उपाध्यक्ष हरिराज कंडेलको आमा प्रेम कुमारी कंडेलको असामयिक निधन भएको आठौं दिनमा आइतबार नेकपा एमाले जिल्ला कमिटि तनहुँले श्रद्धान्जली सभाको आयोजना गरेको छ । कंडेलको निवास देवघाट गाउँपालिका–५ कालिमाटीमा आयोजित सो श्रद्धान्जली सभामा बोल्ने एमाले नेताहरुले आमा प्रेम कुमारी भुमिगत कालमा पार्टीको सेल्टरदाता रहनु भएको स्मरण गरेका थिए ।

उहाँको निधनले पार्टीलाई ठुलो क्षती पुगेको भन्दै एमाले नेताहरुले शोकलाई शक्तिमा बदल्नुपर्ने बताए । नेकपा एमाले जिल्ला कमिटि तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित सो कार्यक्रममा एमालेका स्थायी कमिटि सदस्य किरण गुरुङ, पोलिट्व्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज तिलक महत लगायतले शोक मन्तव्य राखेका थिए । कार्यक्रमको सन्चालन जिल्ला सचिव राजेश्वर ढकालले गरेका थिए ।

सो कार्यक्रममा एमालेका केन्द्रीय, प्रदेश तथा जिल्ला कमिटिका सदस्यहरु, विभिन्न जनबर्गिय संगठनका प्रमुख तथा प्रतिनिधिहरु तथा विभिन्न स्थानीय पालिका कमिटिका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

८२ बर्षिया कंडेलको गत पुस २९ गते देवघाट–५ स्थित आफ्नै निवासमा निधन भएको थियो । दिवंगत कडेंलकी श्रीमान, हरिराज कंडेल सहित तिन छोरा तथा २ छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।