नक्कली डाक्टर एस भट्ट, झन्डै ७ सयजनाको उपचार गरिसकेपछि प्रहरी फन्दामा

शेयर गरौ

काठमाडौं, माघ – ८

झन्डै ७ सयजनाको उपचार गरिसकेपछि एकजना नक्कली डाक्टर फन्दामा परका छन् । विराटनगर–२ घर भई हाल काठमाडौं बाँसबारी बस्दै आएका ४० वर्षीय सम्बुद्ध भट्टाचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले शैक्षिक प्रमाणपत्रदेखि नेपाल मेडिकल काउन्सिलसम्मको कागजात नक्कली बनाएर डा. एस भट्ट आचार्यको नामबाट ठगी गरिरहेका थिए ।उनले चीनबाट एमबीबीएस गरेको र टिचिङ अस्पतालमा समेत काम गर्ने भन्दै नक्कली कागजात बोकेर उपचार गर्दै आएका थिए ।प्रहरीका अनुसार भट्टाचार्यले विगत ९ महिनादेखि नक्सालस्थित वी केयर पोलिक्लिनिकमा ६३० जना बिरामीको जाँच तथा उपचार गरिसकेका छन् । त्यस्तै धौलागिरी हिमाल पोलिक्लिनिकमा ३० जना बिरामीको चेकजाँच गरेको अनुसन्धानबाट खुलेको छ ।

आफूलाई इन्डोक्राइनोलोजी कन्सल्टेन्सी बताउँदै बज्राचार्यले उपचार गर्दै आएको प्रहरी बताउँछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारकालागि व्यास कोसेली घरद्वारा ४० हजारभन्दा बढी सहयोग

तनहुँ । भदौ २२ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँद्वारा सञ्चालित