दमौली बजारको फोहोर २४ घन्टा भित्र उठाउन राष्ट्रिय युवा संघको अल्टिमेटम, नभए बजारको उठाएर नगरपालिकाको कम्पाउन्ड भित्र फाल्ने चेतावनी

Devghat Online

शेयर गरौ

दमौली, माघ १०

राष्ट्रिय युवा संघ व्यास नगर कमिटीले दमौली बजारको फोहोर मैला २४ घन्टा भित्र उठाउन व्यास नगरपालिकालाई अल्टिमेटम दिएको छ । बुधबार नगरपालिकामा ज्ञापनपत्र बुझाउदै संघले २४ घन्टा भित्र बजार क्षेत्रको फोहोर व्यवस्थापन नभए बजारको फोहोर उठाएर नगरपालिकाको कम्पाउन्ड भित्र फाल्ने चेतावनी दिएको छ ।

दमौली बजारमा एक हप्ता यता फोहोर उठ्न सकेको छैन । व्यास नगरपालिकाले अर्काे व्यवस्था नहुँदा सम्म नकुहिने फोहोर नउठाउने सुचना प्रकाशित गरि गत माघ २ गतेदेखी बजार क्षेत्रबाट नकुहिने फोहोर उठाउन छाडेको हो ।

फोहोर मैलाको स्थायी समाधानका लागि व्यास नगरपालिकाको उदासिनता र विभिन्न स्वार्थको कारण फोहोर मैलामा राजनीति भई आज बजार क्षेत्रबाट फोहोर उठाउन छाड्नु गम्भिर विषय भएको युवा संघले जनाएको छ । व्यास नगरपालिकाको यो गैर जिम्मेबार कार्यले राष्ट्रिय युवा संघ नेपाल व्यास नगर कमिटिको गम्भिर ध्यानाकर्षण भएको भन्दै ज्ञापनपत्रमा स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार हो । नेपालको संविधानले स्वास्थ्यको अधिकारलाई मौलिक हकको रुपमा सम्बोधन गरेको छ । स्वास्थ्यको अधिकार अन्तर्गत फोहोर मैला मुक्त वातावरणमा जिवन यापन गर्न पाउने अधिकार पनि हो । स्थानीय सरकारको रुपमा रहेको व्यास नगरपालिकाले फोहोर मैलाको उचित र स्थायी समाधानकोलागि ल्यान्डफिल्ड साईड वा सरसफाई केन्द्रको व्यवस्थापन गर्न नसक्दा आज व्यास जन्मभुमी दमौलीका नागरिक घर आँगनमा फोहोरको थुप्रो राखेर बस्नु परेको जनाईएको छ।

लामो समयसम्म फोहोर मैला घर भित्र व्यवस्थापन गर्न समस्या भएपछि सर्वसाधरणले घरबाहिर फोहोर निकाल्न बाध्य भएका छन् । जसले गर्दा बजार क्षेत्रमा दुर्घन्ध फैलन थालेको छ भने फोहोरको थुप्रो बढ्दै जाँदा बजार नै कुरूप देखिन थालेको ज्ञापनपत्रमा जनाईएको छ ।

राष्ट्रिय युवा संघ व्यास नगर कमिटीका अध्यक्ष अजित पन्थद्वारा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा संविधानले फोहोर मैलाको व्यवस्थापन गर्ने जिम्मेबारी स्थानीय तहलाई दिएको तर व्यास नगरपालिका आफ्नो जिम्मेबारी पुरा गर्नबाट बन्चित भएको आम नगरवासीले महशुस गरेकाे जनाईएको छ ।

अतः संविधानले दिएको जिम्मेबारी र नगरवासीप्रतिको आम दायित्व बोध गर्दै बजार क्षेत्रमा थुप्रिएका फोहोर मैला २४ घन्टा भित्र व्यवस्थापन गर्न अनुरोध गर्दै यदी उक्त अनुरोधलाई वेवास्ता गरिए आम बजारबासीको सहयोगमा बजार क्षेत्रका फोहोर उठाएर नगरपालिकाको कम्पाउन्ड भित्र ल्याएर फाल्ने चेतावनी दिईएको हो। साथै यसै आर्थिक वर्ष भित्र ल्यान्ड फिल्ड साइडको स्थायी व्यवस्था वा सरसफाई केन्द्र स्थापना गर्न पनि राष्ट्रिय युवा संघले माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै नगरपालिकाकि उपप्रमुख इन्दिरा दरैले जतिसक्दो चाँडो दमौली बजारको फोहोर व्यवस्था गरिने बताईन् ।

सो अवसरमा राष्ट्रिय युवा संघ तनहुँका अध्यक्ष मदन तिमिल्सिना सहित युवा संघका कार्यकर्ताहरुको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिन जोशीको रिहाइका लागि आग्रह

काठमाडौं । फागुन २८ प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग