आबुँखैरेनीका भुमिहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने

Devghat Online

शेयर गरौ

आबुँखैरेनी, माघ १० गते

आबुँखैरेनी गाउँपालिकाका भुमिहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ । आगामी माघ १५ गते गाउँपालिकाको प्राङ्गणमा कार्यक्रमको आयोजना गरि उनीहरुलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

राष्ट्रिय भूमि आयोग तनहुँले गत पुस २३ गते भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने निर्णय गरेको थियो । सोही अनुसार पहिलो चरणमा आबुँखैरेनी गाउँपालिका–२ का १३ जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न लागिएको आयोगले जनाएको छ ।

२०७८ फागुन १६ गते गठन भएको आयोगले पहिलो पटक भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । आयोगको गत पुस २३ गतेको निर्णयअनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने निर्णय भएको आयोगका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार यही माघ १५ गते आँबुखैरेनी गाउँपालिका–२ का १३ जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न लागिएको हो । उनले भने, ‘निजहरुलाई माघ २ गतेदेखि १५ दिनभित्र जग्गा दर्ताका लागि आयोगको कार्यालयमा परिवारमूली र निजको पति वा पत्नी उपस्थित हुन सूचना जारी गरिएको छ ।’

यसअगाडि गाउँपालिकाले निस्सा वितरण गरेका उक्त वडाका व्यक्तिहरुको जग्गा नापजाँच पश्चात् दाबी पुगेका १३ जनालाई जग्गा वितरण गर्न लागिएको अधिकारीले बताए । गाउँपालिकाबाट १६ जनाको नाम आए पनि तीनजनाको जग्गा देखिएकाले १३ लाई जग्गा वितरण गरिने अध्यक्ष अधिकारीले बताए ।

आवुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले माघ १५ गते भव्य समारोहको विच १३ जना भुमिहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइने बताए । उनले क्रमश सम्पुर्ण भुमिहिन सुकुम्बासी, दलित भुमिहिन र अव्यवस्थित बसोबासी हरुलाई भुमी ऐनको दायरामा रहि जगगधनी प्रमाणपुर्जा बितरण अभियान जारी रहने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर