घिरिङका विभिन्न योजनाहरुको अनुगमन

Devghat Online

शेयर गरौ

दमौली, माघ १०

घिरिङ गाउँपालिकाको आर्थिक वर्ष २०८०।०८१ विनियोजित बजेटबाट सन्चालित विभिन्न योजनाहरूको अनुगमन गरिएको छ ।

गाउँपालिकाका उपाध्यक्ष राधादेवी अधिकारी र प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेल नेतृत्वको टोलीले बुधबार वडा नम्बर ४ का विभिन्न योजनाहरुको स्थलगत अनुमगन गरेका हुन् ।
सो क्रममा वडा नम्बर ४ का कल्याण आधारभुत विधालय करूवाटार, कालीशंखर मोटर मार्ग करूवाटार, करूवाटारबाट बटौलीटार जाने कच्ची सडक र सेन्चुरी कुवा नयाँटारको अनुगमन गरिएको थियो ।

सो अनुगमनमा गाउँपालिका उपाध्यक्ष राधादेवि अधिकारी, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेल, वडा नम्बर ४ का वडा अध्यक्ष भिमबहादुर कुमाल, वडा सदस्य प्रेम रानाभाट, गाउँपालिकाका इन्जिनियर माधव प्रसाद घिमिरे, सव इन्जिनियर विदुर मरहट्टा, वडाका प्रविधिक गणेश विक, प्रविन श्रेष्ठ लगायत थिए ।

अनुगमन पश्चात उपाध्यक्ष अधिकारी र प्रमुख प्रशासकीय अधिकृत पोखरेलले कुनै पनि योजनाहरु गुणस्तरीय रुपमा सम्पन्न गर्नु पर्नेमा जोड दिएका थिए ।

तश्विरहरुः समर रानाभाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर