सांसदको बिदेश भ्रमण टोलीमा बाँदर पीडित किसानलाई पनि सहभागी गराउन माग

Devghat Online

शेयर गरौ

दमौली, माघ १३

बाँदर आतंक नियन्त्रण सम्बन्धी अध्ययन गर्न बिदेश भ्रमणमा जान लागेको संसदीय टोलीमा बाँदर पीडित किसानलाई पनि सहभागी गराउन बाँदर आतंक नियन्त्रण संघर्ष समितिले माग गरेको छ ।

तनहुँको डुम्रेमा रहेको उक्त संघर्ष समितिले प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापतीलाई ज्ञापनपत्र बुझाई बिदेश भ्रमणमा जान लागेको जम्बो संसदीय टोलीमा बाँदर आतंकबाट पीडित किसान वा संघर्ष समितिका प्रतिनिधिलाई पनि सहभागी गराउन माग गरेको हो ।

बाँदर आतंक नियन्त्रण गर्न तनहुँ, गोरखा, कास्की र स्याङजाका पीडित किसानहरु संगठित भई बाँदर आतंक नियन्त्रण संघर्ष समिति गठन गरेका थिए । उक्त समितिले बाँदरको आतंक नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारी देखी प्रधानमन्त्रीसम्मलाई ज्ञापनपत्र बुझाई बाँदर आतंकको बारे स्थानीय तहदेखी केन्द्र सरकारसम्म ध्यानाकर्षण गराईएको संघर्ष समितिका संयोजक कृष्णप्रसाद सापकोटाले बताए ।

बाँदर आतंकको कारण किसानहरु विस्थापित हुने देखी यसबाट आजित किसानहरुले खेतीपाती गर्न समेत छाडेको भन्दै समितिले बाँदर आतंककै कारण बन्दिपुर गाउँपालिका–१ रिमाल्नीका कृषक शुकबहादुर शाहीले आत्महत्या गर्नु परेको जनाएको छ ।

यस्तो विकराल अवस्थालाई नजर अन्दाज गरि प्रभावित किसानहरुसँग छलफल समेत नगरि क्षतीपर्तुी दिने, बाँदर नियन्त्रण गर्ने, स्थानान्तरण गर्ने तथा विज्ञ समुहको गठन गरि बाँदर नियन्त्रणको पहल गर्न राज्यले कुनै पहल नगरेको संघर्ष समितिको आरोप छ ।

यस्तो परिस्थितीमा संघर्ष समिति वा बाँदर पीडित किसानहरुको सहभागिता बिना सांसदको जम्बो टोली बैदेशिक भ्रमणमा जानुको कुनै अर्थ नहुने हुँदा उक्त भ्रमण टोलीमा बाँदर पीडित किसान वा संघर्ष समितिका पदाधिकारीलाई पनि सहाभागिता गराउन माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको