कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगताको लागि गन्डकीबाट खेलाडी छनौट

Devghat Online

शेयर गरौ

दमौली, माघ १३

आगामी माघ १९ र २० गते काठमाडौंमा हुने कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगताको लागि गन्डकी प्रदेशबाट खेलाडी छनौट गरिएको छ । शनिबार दमौलीमा आयोजित छनौट प्रतिश्पर्धा मार्फत विभिन्न स्पर्धाकोलागि खेलाडीहरु छनौट गरिएको हो ।

गन्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेक ९ जिल्लाका खेलाडीहरु सहभागि भएको उक्त प्रतियोगिताबाट ११ महिला र ९ पुरुष गरि २० जना खेलाडी छनौट गरिएको नेपाल कराँते महासंघ गन्डकी प्रदेशका अध्यक्ष मनिराज थापाले बताए ।

खेलाडी छनौटकोलागि शनिबार दमौलीमा नेपाल कराँते महासंघ गन्डकी प्रदेशको आयोजना तथा नेपाल कराँते महासंघ तनहुँको व्यवस्थापनमा आयोजित कार्यक्रमको प्रतिनिधि सभाका सदस्य डा. स्वर्णिम वाग्लेले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै सांसद वाग्लेले राज्यको नेतृत्व तहमा खेल क्षेत्र बुझेकाहरु नहुँदा खेलकुँद क्षेत्र सँधै ओझेलमा परेको बताए । उनले तनहुँ जिल्लामा खेल मैदानको निर्माण तथा खेलाडीहरु उत्पादनको लागि पहल गर्ने बताए ।

नेपाल कराँते महासंघ गन्डकी प्रदेशका अध्यक्ष मनिराज थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डे, गन्डकी प्रदेशका रेफ्री संयोजक सुरेन्द्र गुरुङ, नेपाल सितेरियो महासंघ तनहुँका अध्यक्ष किशोरराज खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको