भानु नगरपालिका द्वारा २०० परिवारलाई जस्तापाता

शेयर गरौ

तनहुँ- माघ १३

भानु नगरपालिका कार्यालयले खर तथा फुसका छानालाई विस्थापन गर्न लागेको छ । ‘नागरिक आवास कार्यक्रम’ अन्तर्गत खरका छाना विस्थापन गरी जस्तापाताले छाउन लागिएको हो । नगरपालिकामा रहेका तीन सय ३६ घरधुरीमध्ये दुई सय घरपरिवारले जस्तापाताले छाना छाउनका लागि पहिलो र दोस्रो किस्ता बुझिसकेका नगरपालिका योजना शाखाका कर्मचारी श्रवण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार ५० हजारमध्ये पहिलो किस्तामा ३० हजार र दोस्रो किस्ताबापत २० हजार भुक्तानी गरिएको हो । तनहुँ क्षेत्र नं १ प्रतिनिधि सभासदस्य डा स्वर्णिम वाग्लेको पहलमा चालु आर्थिक वर्षमा एक सय लाभग्राही थप गरिएको नगरपालिकाले जनाएको छ । थप भएका आवासका लागि बजेट निकासा गरिदिनका लागि नगरपालिका कार्यालयले आयोजना कार्यान्वयन इकाइ पोखरालाई पत्र पठाइएको नगरप्रमुख आनन्द त्रिपाठीले जानकारी दिए ।

खरका छाना मात्रै नभई विपन्न परिवारका जीर्ण जस्तापाता, पानी चुहिने र जस्ता फेर्न सक्ने क्षमता नभएका व्यक्तिलाई समेटिएकाले लाभग्राहीको सङ्ख्या बढेको त्रिपाठीले बताए । । चालु आवभित्र नगरपालिकालाई खर र फुसको छानामुक्त बनाउने योजनाअनुरुप काम भइरहेको उनको भनाइ थियो ।

नगरपालिकामा चालु आवमा ५३६ योजना रहेका नगरप्रमुख त्रिपाठीले जानकारी दिए । उनका अनुसार भौतिक पूर्वाधारतर्फ वडागत ४७३, नगरस्तरीय ४९ र यसअघि ठेक्का आह्वान गरिएका १४ योजना गरी उक्त योजना रहेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको