चितवनमा जिपकाे ठक्करबाट बुबाको मृत्यु, छोरी गम्भीर घाइते

शेयर गरौ

चितवन,माघ-१४

भरतपुर महानगरपालिका–१६ शिबघाटमा बलेरोको ठक्करबाट बुवाको मृत्यु र छोरी गम्भीर घाइते भएकी छन् । शरणपुरबाट नारायणगढ आउदै गरेको बा.प्र.०३–००१ च ११९७ नं.को बलेरोले बा.प्र.०३–००३प ८६२४ नं.को मोटसाइकललाई शनिबार बेलुका करिब साढे सात बजेको समयमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा सोही स्थान बस्ने ४१ वर्षीय मधुसुधन खत्री र उनकी छोरी १५ वर्षिय अपेक्षा खत्री गम्भीर घाइते भएको अवस्थामा नयाँ मेडिकल कलेजमा उपचारको लागि पठाइएको थियो ।

उपचारको क्रममा राती करिब साढे आठ बजे मोटरसाइकल चालक बुवा मधुसुधन खत्रीलाई डाक्टरले मृत घोषणा गरेको हो । छोरीको भने उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै सवारी साधन र बलेरो चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को