भानुका प्रधानाध्यापकहरुको बैठक सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, माघ १४

भानु नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका प्रअहरुको नियमित बैठक आइतबार नगरपालिकाको सभा हलमा सम्पन्न भयो । बैठकमा भानु नगरपालिकाका नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले सहभागी सबै प्रधानाध्यापकहरूलाई स्वागत गर्दै बैठकका एजेण्डाहरू प्रस्तुत गरेका थिए । बैठकमा शिक्षा अधिकृत सरस्वती गुरूङ ढकाल तथा शिक्षकका पेशागत संगठनका प्रमुखहरू र प्रधानाध्यापकहरू गरी ६० जनाको उपस्थिति रहेको थियो ।

बैठकमा विशेषतः विद्यालयका शिक्षण सिकाइ क्रियाकलापहरू, शैक्षिक एवं प्रशासनिक क्षेत्रमा देखिएका समस्याहरू, विद्यालयले गरेका असल अभ्यासहरूका बारेमा छलफल भएको छ । अधिकांश माध्यमिक विद्यालयहरूले चालू शैक्षिक सत्रको एसइई परीक्षालाई लक्षित गरी कक्षा १० का विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गरेको, साप्ताहिक रूपमा मूल्यांकन गर्ने गरेको, विद्यार्थीलाई होस्टेलमा राखी शिक्षकको निगरानीमा विहान–बेलुका सघन रूपमा सिकाइ सहजीकरण गरिएको पाईएको नगर शिक्षा अधिकारी पौडेलले बताए ।

त्यसैगरी बैठकमा भानु नगरस्तरीय परीक्षा समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गरिनुका साथै विगतका आबधिक परीक्षाहरूको समीक्षा गरिएको थियो । आगामी अन्तिम परीक्षालाई त्रुटीरहित, गुणस्तरीय र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि परीक्षा समितिले गरेका निर्णयहरू पनि जानकारी गराईको पौडेलले बताए । यसका लागि सबै विद्यालयहरूले पाठ्यक्रमले निर्दिष्ट गरेबमोजिमको सिकाइ सक्षमता पूरा गराउने गरी भानुको शैक्षिक क्यालेन्डरअनुसार यथा समयमा पठनपाठन सम्पन्न गरि परीक्षा समितिले प्रदान गरेको जिम्मेवारी कुशलतापुर्वक पूरा गर्ने समझदारी बनेको छ ।

सो बैठकले चालू आव २०८०।०८१ का स्वीकृत कार्यक्रमहरू मध्ये विभिन्न कार्यक्रम सम्पन्न गर्न भानु नगरपालिकालाई अनुरोध गर्ने निर्णय भएको पौडेलले बताए । भानु नगरस्तरीय शिक्षक मैत्रीपुर्ण भलिबल प्रतियोगिता यहि मिति २०८० माघ १९ र २० गते भानु नपा–२ स्थित होमराज लोहनी शारदा शिक्षा सदन मावि नारेश्वरटारको प्राङ्गणमा सञ्चालन गर्ने, कक्षा ८ को पाठ्यक्रम निर्माण सम्बन्धी दुई दिवसीय कार्यशाला २०८० फागुन ७ र ८ गते सञ्चालन गर्ने । यसमा कक्षा ८ सञ्चालन भएका सबै विद्यालयबाट मुख्य पाँचवटा विषयका शिक्षकहरूलाई सहभागी गराउने र सहजकर्ताको रूपमा जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण लिएर आउनुभएका शिक्षकहरूलाई परिचालन गर्ने रहेको छ ।

साथै कक्षा ५ को पाठ्यक्रम प्रबोधीकरण तालिम मिति २०८० फागुन २७ र २८ गते दुईवटा समूहमा सञ्चालन गर्ने । यसमा कक्षा ५ सञ्चालित सबै विद्यालयबाट कक्षा पाँचमा अध्यापनरत १–१ जना शिक्षकलाई सहभागी गराउने, शैक्षिक सामग्री निर्माण तथा प्रदर्शनी कार्यक्रम चालू शैक्षिक सत्रको अन्तमा मिति २०८० चैत्र २५ र २६ गते सञ्चालन गर्ने । यसमा आधारभूत तह कक्षा १–५ र कक्षा ६–१२ को अलगअलग स्टल बनाई विषयगत रूपमा मुख्य पाँचवटा विषयहरू अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिकका अलगअलग विषयगत स्टलहरूको व्यवस्था गर्ने, प्रत्येक तह र विषयमा सबै विद्यालयले विषयगत रूपमा कम्तिमा एउटाा र बढीमा तीनवटासम्म शिक्षक निर्मित शैक्षिक सामग्री प्रदर्शन गर्न सक्ने गरी अवसर दिने र भानुका सबै शिक्षकहरूले अवलोकन गर्ने व्यवस्था मिलाउने । तहगत र विषयगत उत्कृष्ट प्रथम, द्वितीय र तृतीय हुने सामग्री स्टललाई पुरस्कृत गर्ने निर्णय भएको पौडेलले बताए ।

नेपाल शिक्षक महासंघसँगको सहकार्यमा शिक्षामा नवीनतम् प्रविधि सम्बन्धी तालिम चालू शैक्षिक सत्रभित्र सम्पन्न गर्ने गरी उपयुक्त समयमा सञ्चालन गर्ने व्यवस्था मिलाउने, सबै सामुदायिक विद्यालयहरूले शिक्षक÷कर्मचारीको तलब भत्ताका लागि माग फाराम हरेक त्रैमासिकको पहिलो महिनाको २० गतेभित्र भानु नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा पेश गर्ने र नगरपालिकाबाट उक्त महिनाको अन्तमा निकासा भएको तलब भत्ता विद्यालयहरूले मासिक रूपमा शिक्षकहरूलाई भुक्तानी गर्ने व्यवस्था मिलाउने, गत आव २०७९÷०८० को लेखापरीक्षणबाट केही विद्यालयको नाममा औंल्याइएका बेरूजु रकम यथाशीघ्र यस नगरपालिकाको आन्तरिक राजस्व खातामा जम्मा गरी सोको बैंक भौचर शिक्षा शाखामा पेश गर्ने, आव २०७९÷०८० को विद्यालयहरूको लेखापरीक्षण गर्नका लागि यथाशीघ्र लेखापरीक्षकहरूलाई खटाउन भानु नगरपालिकालाई अनुरोध गर्ने निर्णय भएको छ ।

सबै विद्यालयहरूले नगरपालिकाबाट वितरण गरिएको शिक्षक डायरीको प्रभावकारी ढङ्गले प्रयोग गर्ने गराउने । साथै विद्यार्थीको हाजिरी रजिष्टरमा भर्नुपर्ने बालबालिकाको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकास, स्वास्थ्य र सरसफाइ सम्बन्धी सम्पुर्ण विवरण भरी अद्यावधिक गराई राख्ने, कक्षा ९ का विद्यार्थीले भरेको रजिष्ट्रेशन फाराम शिक्षा विकास तथा समन्वय ईकाईबाट राष्ट्रिय परीक्षा बोर्डमा दर्ता भई आएको र हाल इकाई मार्फत सबै विद्यालयमा पठाइएको छ, उक्त विवरण सम्बन्धित विद्यार्थीबाट राम्रोसँग रूजु गरी गराई पछिसम्म फरक नपर्ने गरी अद्यावधिक गराई शिक्षा विकास तथा समन्वय इकाई तनहुँमा पठाउने निर्णय भएको नगर शिक्षा अधिकारी पौडेलले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पुष्पलाल स्मृति दिवसमा एमाले व्यास नगरले रक्तदान कार्यक्रम गर्ने

दमौली, साउन ४ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा नेकपा एमाले

तनहुँ जिल्ला अदालतद्वारा ७३ प्रतिशत मुद्धा फछर्याैट, २७६६ मध्ये २०२८ फछ्यौैट भई ७३८ मुद्धा बाँकी

दमौली, साउन ४ तनहुँ जिल्ला अदालतले आर्थिक वर्ष २०८०÷०८१ मा ७३.३१ प्रतिशत मुद्धा फछर्याैट गरेको