डिआईजी खनालद्वारा जिल्ला प्रहरी कार्यालयको निरिक्षण

Devghat Online

शेयर गरौ

दमौली, माघ १४

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक विकासराज खनालले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँको निरीक्षण तथा निर्देशन सम्बोधन गरेका छन् ।

निरीक्षणको सिलसिलामा डिआइजी खनालले जिल्ला प्रहरी कार्यालयबाट सम्पादित काम कारवाही सेवा प्रवाह र गुनासो सम्बोधनको विषयमा स्थलगत रुपमा अपराध अनुसन्धान शाखा, महिला बालबालिका तथा जेष्ठ नगारिक सेवा केन्द्र, नागरिक सहायता कक्ष, निवेदन शाखा, कार्य शाखा, प्रशासन शाखा, प्रवन्ध शाखा लगायत मेस, ब्यारेक, हिरासत कक्ष समेतको निरीक्षण गरेका थिए ।

निरीक्षण अनुगमन पश्चात डिआईजी खनालले उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई व्यवसायीक, अनुसाशित एवं कर्तव्य निष्ठ भई कार्यसम्पादन गर्न आवश्यक निर्देशन समेत दिएका थिए ।

डिआईजी खनाललाई जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक अवदेश विष्ट, डिएसपी तथा प्रवक्ता मोहनबहादुर खाँण लगायत प्रहरी अधिकृतहरुले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

वरिष्ठ समाजसेवी भुर्तेलद्वारा मातापिता सेवाश्रममा एक कोठा निर्माण गर्ने

देवघाट, माघ ७ देवघाटमा जारी महा–महोत्सवका क्रममा वरिष्ठ समाजसेवी तथा चिकित्सा क्षेत्रका प्रतिष्ठित व्यक्तित्व डा.केशवराज

बन्दीपुरमा युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

बन्दीपुर, माघ ७ युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण तथा अभिमुखीकरण कार्यक्रम तनहुँको बन्दीपुरमा आइतबार सम्पन्न