बन्दीपुरमा बहुक्षेत्रिय पोषण सम्बन्धि अभिमुखीकरण सम्पन्न

Devghat Online

शेयर गरौ

बन्दिपुर, माघ १५

बन्दीपुर गाउँपालिकाको आयोजनामा बहुक्षेत्रिय पोषण सम्बन्धी गाउँपालिका स्तरिय १ दिने अभिमुखिकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

गाउँपालिका शिक्षा तथा खेलकुद बिकास शाखाका प्रमुख बिष्णु खत्री क्षेत्रीको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा, उपाध्यक्ष पन्चमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमाल लगायतले मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा स्वास्थ्य खानेपानी कृषि लगायतका बहुक्षेत्रबाट पोषणको स्थितिमा सुधार ल्याउन गाउँपालिकाका पदाधिकारीहरु र सम्बन्धित शाखा प्रमुख लगाएत सरोकारवालाहरुले सुझाव दिएका थिए । कार्यक्रममा प्रदेश निति तथा योजना आयोग गण्डकी प्रदेश बहुक्षेत्रिय पोषण कार्यक्रमका प्रदेश संयोजक पवित्रा सापकोटाले सहजिकरण गरेकी थिइन् ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थापाले गाउँपालिकाबाट निर्माण हुने निति, बजेट तथा कार्यक्रम तर्जुमा गर्दा बहुक्षेत्रिय पोषण कार्यक्रमलाई प्राथमिकताका साथ समाबेस गरी पोषणमैत्रि कार्यक्रमलाई प्रवाहिकरण गर्ने साथै गुणस्तरिय उपचारका लागि बन्दीपुर अस्पताल लगायत प्रत्येक वडाका स्वास्थ्य चौकी र गाउँ गाउँमा सहजिकरण गरिने प्रतिवद्वता ब्यक्त गरेका छन् ।

प्रमुख प्रशासकिय अधिकृत नवेशराज हमालले सुनौलो १ हजार दिनका आमा, बच्चा र किशोर किशोरीहरुको समग्र स्वास्थ्य तथा पोषण स्थितिमा सुधार ल्याउन कार्यक्रम सन्चालन गर्ने प्रतिवद्वता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को