भोली शहिद दिवस, व्यास नगरपालिकामा सार्वजानिक बिदा

Devghat Online

शेयर गरौ

दमौली, माघ १५

शहिद दिवसको अवसरमा भोली मंगलबार व्यास नगरपालिकाले सार्वजानिक बिदा दिएको छ ।

शहिद दिवसको अवसरमा व्यास नगरपालिकाले ‘सातौं व्यास नगरपालिका अल्ट्रा म्यारथन–२०८०’ को आयोजना गरिएको हुँदा सो कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न नगरपालिकाले सार्वजानिक बिदा दिएको हो ।

 

शहिद दिवसको अवसरमा भोली माघ १६ गते व्यास नगरपालिकाले वडा नम्बर ५ को पर्यटकीय स्थल मानुङकोटबाट वडा नम्बर ८ को शहिदपार्क पुलिमराङसम्म ४४ किलोमिटरको अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना गरेको छ ।

सो प्रतियोगितालाई भव्यरुपमा सम्पन्न गर्न नगरपालिका अन्तर्गतका सम्पुर्ण सरकारी कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालयहरु, स्वास्थ्य संस्था तथा सम्पुर्ण वडा कार्यालयहरुमा अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरुमा बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को