आवुँखैरेनीका भुमिहिन सुकुम्बासीले पाए जग्गाधनी प्रमाणपुर्जा (फोटो फिचर)

Devghat Online

शेयर गरौ

आबुँखैरेनी, माघ १५

आबुँखैरेनी गाउँपालिकाका भुमिहिन सुकुम्बासीले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् । सोमबार गाउँपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रममा वडा नम्बर २ का १३ जना भुमिहिन सुकम्बासीहरुलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको थियो ।

राष्ट्रिय भूमि आयोग तनहुँले गत पुस २३ गते भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने निर्णय गरेको थियो । सोही अनुसार पहिलो चरणमा आबुँखैरेनी गाउँपालिका–२ का १३ जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

यसअगाडि गाउँपालिकाले निस्सा वितरण गरेका वडा नम्बर २ का व्यक्तिहरुको जग्गा नापजाँच पश्चात् दाबी पुगेका १३ जनालाई जग्गा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । गाउँपालिकाबाट १६ जनाको नाम आए पनि तीनजनाको जग्गा देखिएकाले १३ लाई जग्गा वितरण गरिएको थियो ।

गाउँपालिकाका अध्यक्ष चुमानले पहिलो पटक वडा नम्बर २ का १३ जना भुमिहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइने भन्दै क्रमशः सम्पुर्ण भुमिहिन सुकुम्बासी, दलित भुमिहिन र अव्यवस्थित बसोबासी हरुलाई भुमी ऐनको दायरामा रहि जग्गाधनी प्रमाणपुर्जा बितरण अभियान जारी रहने बताए ।

गाउँपालिकाका अध्यक्ष चुमानको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं प्रदेश सांसद हरि बहादुर चुमान, राष्ट्रिय भूमि आयोग जिल्ला समिति तनहुँका अध्यक्ष रामचन्द्र अधिकारी, गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्याल लगायतले भुमिहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने काम ऐतिहाँसिक र महत्वपुर्ण भएको बताए ।

सो कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाको भूमिहिन सुकुमवासी, भूमिहिन दलित तथा अव्यवस्थित बसोवासी सेवा केन्द्रमा रही उल्लेखनीय भूमिका निर्वाह गरेका सूचना प्रविधी अधिकृत÷सेवा केन्द्र प्रमख ई.निरोज श्रेष्ठ, अमिन सरोज चन्द्र अधिकारी र अमिन सन्जित श्रेष्ठलाई स–सम्मान सहित प्रशंसापत्र प्रदान गरिएको थियो ।

२०७८ फागुन १६ गते गठन भएको आयोगले पहिलो पटक भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराएको हो । आयोगको गत पुस २३ गतेको निर्णयअनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने निर्णय भएको आयोगका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको