व्यास नगरपालिकाले मंगलबार व्यास अल्ट्रा म्याराथन प्रतियोगिता गर्ने

Devghat Online

शेयर गरौ

दमौली, माघ १५

व्यास नगरपालिकाको आयोजनामा शहिद दिवसको अवसरमा मंगलबार सातौं व्यास अल्ट्रा म्याराथन प्रतियोगिता हुने भएको छ । व्यास नगरपालिका वडा नम्बर ५ को पर्यटकीय स्थल मानुङदेखी व्यास नपा–८ को शहिदपार्क पुलिमराङसम्मको ४४ किलोमिटरको दुरीमा अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना गरिएको छ । ‘पर्यटकीय ऐतिहाँसिक क्षेत्रको पहिचान व्यास नगरपालिकाको अभियान’ भन्ने मुल नाराका साथ आज सातौं व्यास नगर अल्ट्रा म्याराथन प्रतियोगिता–२०८० हुने भएको हो ।

उक्त प्रतियोगिताको महिला बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण मन्त्री सुरेन्द्रराज आचार्यले विहान ७.३० बजे मानुङमा उद्घाटन गर्ने छन् भने समापन कार्यक्रम व्यास नपा–८ को पुलिमराङमा हुने भएको छ । उक्त प्रतियोगितामा सहभागी हुन २ बिदेशी सहित ११२ जना धावकहरुले नाम दर्ता गरेको व्यास नगरपालिकाका शिक्षा तथा खेलकुँद शाखाका प्रमुख नविन पुराजुलीले जानकारी दिए । पराजुलीका अनुसार बिहान ७ बजेसम्म नाम दर्ता गर्ने धावकहरुलाई प्रतियोगितामा सहभागी गराईने छ ।

प्रतियोगितामा प्रथम, द्वित्तिय र तृतिय हुनेलाई क्रमशः ८५ हजार ८०, ६५ हजार ८०, ५५ हजार ८० तथा सान्त्वना हुने ५ जनालाई जनही १६ हजार ८० रुपैयाँ नगद पुरस्कार दिईनेछ । म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–पृथ्वीराजमार्ग हुँदै दुर्गा मन्दिर–अनसन चौतारी दमौली–सफासडक–भोर्लेटारचोक–बैरेनी–दुम्सी खहरे–कलेस्ती–बोटेटार–पाथ्रा–सत्रसय–कालिका मार्ग हुँदै बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा गाडापानी हुँदै पुलिमराङ शहिद पार्कमा पुगेर टुङ्गिन्छ ।

मानुङ क्रान्तिकारी किसान नेता स्व. एकदेव आलेको जन्मस्थान पनि हो । एकदेव आलेको नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपुर्ण भुमिका रहेको छ । त्यस्तै पुलिमराङ यस्तो पवित्र भुमी हो, जसले ६ जना शहीदहरु जन्माएको छ । २००७ सालको राणा शासन विरुद्धको आन्दोलनको क्रममा तनहुँको तत्कालिन सदरमुकाम बन्दिपुर कब्जा गर्ने क्रममा पुलिमराङका धर्मध्वज गुरुङ शहादत प्राप्त गरेका थिए ।

बन्दिपुर कब्जाको नेतृत्व उनै मानुङका एकदेव आलेले गरेका थिए । त्यसैगरी २०१८ सालमा समशेर गुरुङले चितवनको भरतपुरमा, भरत गुरुङले सोही ठाँउमा र लालध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङले तनहुँको कोत्रेमा सहदत प्राप्त गरेका थिए । ६ जना शहीद जन्माउने पवित्र भुमीमा पुलिमराङमा पुगी म्याराथन समापन गरिन्छ । व्यास नगरको दुई ऐतिहाँसिक भुमीलाई खेलको माध्यमबाट जोड्नको लागि व्यास नगरपालिकाले सात वर्ष अघि देखी अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको